अफगानिस्तानमा आतंककारी हमलामा ज्यान जानेको संख्या २० पुग्याे

 

साउन १३, अफगानिस्तान। अफगानिस्तानमा राष्ट्रपतिका सहयोगी अमरूल्लाह सालेहको पार्टी कार्यालयमा आइतबार भएको आतंककारी हमलामा परी ज्यान जानेको संख्या २० पुगेको छ । 

सो कार्यालयलाई लक्ष्यगरी गराइएको विस्फोटपछि पनि कार्यालयमा प्रवेश गरी आक्रमण भएको अधिकारीहरुले आइतबार जनाएका थिए । 

null

आइतबार अफगान प्रहरीले दिएको सूचनाअनुसार आक्रमणमा दर्जनौँ घाइते भएका थिए । आइतबार रातिसम्म पनि आक्रमण जारी रहेको बताइएको थियो । स्थानीय समयानुसार आइतबार दिउँसो करिब ४ः४० बजे सालेहको ‘ग्रीन ट्रेन्ड’ कार्यालयनजिकै पारेर विस्फोट गराइएको अफगान प्रहरीले जनाएको छ । 

विस्फोटपछि केही आक्रमणकारी उक्त कार्यालयमा प्रवेश गरेका थिए,” अफगानिस्तानका गृहमन्त्रालयका प्रवक्ता नसरत राहिमीले बताए । सोमबार बिहान प्राप्त समाचारमा २० जनाको ज्यान गएको पुष्टि गरिएको छ । मारिनेमा चार जना प्रहरी र १६ जना गैर सैनिक नागरिक रहेका छन् । 

राति भएको सो आक्रमणमा सुरक्षाकर्मीले आक्रमणकारीलाई नियन्त्रणमा लिने प्रयास गरेको र उनीहरुमध्ये कतिपयको प्रहरी कारबाहीमा परी ज्यान गएको थियो । उक्त आक्रमणबाट ४३ जना सर्वसाधारण नागरिक घाइते भएका छन् । आक्रमणकारीहरु मध्येबाट चार जनाको प्रहरीको गोली लागेर मृत्यु भएको बताइएको छ । 

सालेह अफगानी ग्रीन ट्रेन्ड पार्टीका नेता हुन् भने उनले राजनीतिमा प्रवेश गर्नु पहिले अफगानिस्तानको गुप्तचर संस्थाको प्रमुखका रूपमा सेवा गरेका बताइएको छ । अफगानिस्तानमा आइतबारबाट राष्ट्रपतीय निर्वाचनको अभियान सुरु भएको छ । सालेह पनि सो निर्वाचनमा उपराष्ट्रपतिको उम्मेदवारका रुपमा घोषणा गरेका छन्। एजेन्सी 

  

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *