कामना सेवाकोे प्रदेश ४ मा एकैसाथ २ वटा शाखा सञ्चालन

 

साउन २, काठमाडौं । कामना सेवा विकास बैंक लिमिटेडले एकैसाथ २ वटा शाखा सञ्चालनमा ल्याएको छ । 

बैंकले प्रदेश नं. ४ अन्तर्गत म्याग्दी जिल्लाको बेनी नगरपालिका वडा न. ८, बेनीबजार र नवलपरासी जिल्ला–बर्दघाट सुस्तापूर्व–गैंडाकोट नगरपालिका वडा नं. ४, बेल्डिहामा आज (शुक्रबार) शाखा विस्तार गरेको हो । यो सँगै अब बैंकको शाखा संख्या ९६ पुगेको छ । 

null

बेनी शाखाको कारोबार शुभारम्भ बेनी नगरपालिकाका मेयर हरि कुमार श्रेष्ठ र बैंकका सञ्चालक चतुराखर अधिकारीले संयुक्त रmपमा गरेका थिए । 

कारोबार शुभारम्भ समारोहमा वडा नं. ८ का वडाध्यक्ष रामकृष्ण बराली, म्याग्दी उद्योग वाणिज्य संघका अध्यक्ष उत्तमकुमार कर्मचार्य र बंैकका प्रदेश नं. ४ का प्रमुख टुबराज वास्तोला लगायतकोउपस्थिति रहेको थियो । 

यसैगरी गैंडाकोट नगरपालिकाका मेयर क्षेत्रराज पौडेल र बैंकका सञ्चालक भीम प्रसाद तुलाचनले संयुक्त रmपमा बेल्डिहा शाखाको कारोबार शुभारम्भ गरेका थिए । 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *