शक्तिखोरमा लागू पदार्थ दुर्व्यसनी बिरुद सचेतना कार्यक्रम
असार १६, चितवन । चितवनको कालिका नगरपालिका शक्तिखोर स्थित चर्तुमुखी माध्यमिक विद्यालयमा लागु पदार्थ दुर्व्यसनी विरुद्ध सचेतनामुलक कार्यक्रम गरिएको छ ।
कालिका नगरपालिका वडा नम्वर ९ को आयोजनामा सो माविका विद्यार्थीलाई लक्षित गर्दैै कार्यक्रम गरिएको हो । पछिल्लो समय नगर भित्र युवा युवतीहरुमा दुव्र्यसन फेसन बन्दै जान थाले पछि प्रहरी स्थानीयसँग मिलेर कार्यक्रम सञ्चालन गरिरहेको कालिका नगरपालिकामा मेयर खुम नारायण श्रेष्ठले बताए ।
null
नगरपालिकाको शक्तिखोर र पदमपुर क्षेत्रमा लागू पदार्थ सेवन गर्ने ब्यक्तीको संख्या अत्याधिक रहेको ईलाका प्रहरी कार्यलय रत्ननगरका प्रहरी निरीक्षक शेखर कुमार शाहले बताए । शाहका अनुसार पदमपुर क्षेत्रमा लागु पदार्थ दुर्व्यसनीका कारण बिभिन्न घटना घटेको भन्दै त्यसलाई नियन्त्रण गर्न प्रहरीले बिशेष कार्यक्रम सञ्चालन गरेको छ ।
वडा नम्बर ९ का वडा अध्यक्ष हेम बहादुर क्षेत्रीको अध्यक्षतामा भएको कार्यक्रममा चतुमूर्खी माबिका ५० भन्दा बढी बिद्यार्थीको सहभागिता रहेको थियो ।