मन्त्री पण्डितको अनुभवः एक नायब सुब्बाको सरुवाका लागि ३२ सांसद धाए
असार १८, काठमाडौं । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री लालबाबु पण्डितले सचिव सरुवामा भनसुनको विकृत परम्परा रहेको बताएका छन् ।
संघीय संसदको प्रतिनिधिसभाअन्तर्गत राज्य व्यवस्था तथा सुशासन समितिको बुधबारको बैठकमा मन्त्री पण्डितले एक नायब सुब्बाको सरुवाको लागि आफूकहाँ ३२ जनासम्म सांसद धाएको अनुभव सुनाए ।
null
बैठकमा संघीय निजामति कर्मचारी ऐनका लागि विधेयकमाथि छलफल भइरहेका बेला मन्त्री उनले तितो अनुभव स्मरण गरेका हुन् ।
‘कानुनसंगत प्रणालीमार्फत सरुवा हुनुपर्छ। फोन, भनसुनले कर्मचारीको सरुवा गर्ने परम्परा रोक्नुपर्छ’, उनले भने ।
कर्मचारीको सरुवा र काज सरुवाको प्रावधानमाथि भएको छलफलमा उनले अब बन्ने ऐनमा भनसुनको सुनुवाइ हुनै नसक्ने प्रावधान राख्न समितिलाई सुझाव समेत दिए ।
नेकपा सांसद जनार्दन शर्माले सोर्स फोर्स लगाएर कर्मचारी सरुवा गर्ने पद्धति हटाउन विधेकयमा नै व्यवस्था गर्नुपर्ने बताए ।