हङकङको संसद् नियन्त्रणबारे चीनले पाेख्याे आक्रोश

 

असार १८, हङकङ । हङकङको संसद्मा सोमबार अचानक प्रदर्शनकारी प्रवेश गरेर तोडफोड गर्नुका साथै बेलायती उपनिबेशको झण्डा राख्ने प्रयासलाई लिएर चीनले सो घटनाको छानबिन गर्न आग्रह गरेको छ । 

चीनले उक्त घटनालाई गम्भीरतापूर्वक लिएर हङकङ प्रशासनलाई छानबिन गर्न निर्देशन दिएको हो । चीनले सो घटनालाई गैरकानुनी र कानुनको धज्जी उडाउने कार्य भएको जनाएको छ । 

null

केही साताअघि सुपुर्दगी सम्बन्धी विधेयकलाई लिएर हङकङमा विरोध प्रदर्शन बढ्दै गएकोमा त्यहाँको सरकारले सो विधेयक फिर्ता लिएपनि आन्दोलनकारीहरु अझै पछि हटेका छैनन् । उनीहरुले त्यहाँका कार्यकारी प्रमुख केरी लेमको राजीनामा माग गर्दै आएका छन् । यही सन्दर्भमा यही जुलाई १ देखि आन्दोलन थप चर्किन लागेको छ । 

जुलाई १ हङकङ बेलायतबाट चीनलाई हस्तान्तरण गरिएको वार्षिकीको दिन हो । सन् १९९७ को जुलाई १का दिन हङकङ चीनको विशेष प्रशासकीय क्षेत्रको रुपमा बेलायतबाट हस्तान्तरण गरिएको थियो । 

प्रदर्शनकारीले हङकङको संसद् भवन नै घण्टौं कब्जामा लिएकोमा सुरक्षाकर्मीले पछि हटाएका थिए । अमेरिका, बेलायत र ताइवानले भने प्रदर्शनकारीको पक्षमा धारणा सार्वजनिक गरेका छन् । –बीबीसी 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *