एक्लो भएर आयो नेपाली हरर चलचित्र ‘घर’
साउन ३, काठमाडौँ । लगातर दुई वा तीन चलचित्र जुध्दै आईरहेको नेपाली चलचित्रमा आज देखी प्रर्दशनमा आएको नेपाली हरर चलचित्र ‘घर’को ले भने एकल रिलिज पाएको छ ।
चलचित्र घर देशका करीब १०० हलमा एक्लो प्रदर्शनी हुने वितरक करण श्रेष्ठले बताएका छन् । श्रेष्ठले भने ‘धेरैपछि एकमात्र ‘सिङ्गल मूभी’ प्रदर्शनी हुँदैछ, त्यसमा पनि विदेशी हिन्दी हैन नेपाली फिल्म । यो चलचित्र उद्योगकै लागि सकारात्मक विषय हो’,
null
डीएस डिजिटलको प्रस्तुतिमा निमार्ण गरिएको यस चलचित्रको फस्टलुक सार्वजनिक गर्दा चलचित्रका मुख्य पात्र नायिका सुरक्षा पन्तलाई निकै डरलाग्दो रुप मात्र देखाइएको थियो ।
अर्पण थापाको लेखक तथा निर्देशनमा तयार पारिएको हरर यस चलचित्रमा नायिका सुरक्षाले निर्देशक अर्पणको श्रीमतीको भूमिका निर्वाह गरेकी छिन भने सुरक्षालाई चलचित्रमा एउटा गर्भवती महिलाको रुपमा देखाईएको छ ।
चलचित्रमा सुरक्षा र निर्देशक अर्पणसँगै नायिका बेनिशा हमाल र अस्मिता खनाल, सरोज अर्याल, श्रृष्ट्रि महर्जन, विकाश खनाल लगायत कलाकारको भूमिका रहेको छ ।
हरर कथामा आधारित राखेर बनाईएको यस चलचित्रमा काठमाण्डौमा राम्रो र सस्तो रकममा एउटा नयाँ घर किनेपछी त्यहाँ भूतले आतङ्क मच्चाउने जस्ता विषयबस्तु समावेश गरिएको निर्देशक अर्पणले बताएका छन् ।
शर्मिला पाण्डेले निर्माण रहेको यस चलचित्रमा सन्तोष अधिकारी सह निर्माता रहेका छन् । चलचित्र घरलाई निरज कँडेलले छायांकन गरेका हुन् भने मिलन श्रेष्ठले सम्पादन छन् ।