महिनौँको प्रदर्शनपछि अन्तत सुडानको सेना झुक्यो

 

असार २१, सुडान । सुडानको सेना र विपक्षी दलका नेताबीच शक्ति बाँडफाडसम्बन्धी प्रारम्भिक सम्झौता भएको छ । 

महिनौँ चलेको विरोध प्रदर्शनपछि अप्रिलमा राष्ट्रपति ओमर अल–बसिरले सत्ता त्यागेपछिको संक्रमण समाधान गर्ने तर्फ यो पहिलो कदम भएर आएको छ । 

null

तथापि अहिले सुडानको भावि राजनीतिक शक्तिबारे अन्यौलता कायम छ । 

शुक्रबार भएको प्रारम्भिक सहमति अनुसार अब सुडानलाई संयुक्त सार्वभौम परिषदले शासन गर्नेछ । लगभग तीन वर्षसम्म रहने यो संयन्त्रमा सेना र नागरिक नेतृत्वबीच शक्ति फेरबदल हुनेछ । 

उक्त निकायलाई पहिलो २१ महिना सैन्य प्रमुखले नेतृत्व गर्नेछन् । त्यसपछि नारिक नेताले बाँकी १८ महिना चलाउने सहमति भएको छ । त्यसपछि देशमा लोकतान्त्रिक निवार्चन हुनेछ । 

सार्वभौम परिषदमा पाँच सैन्य अधिकारी र पाँच नागरिक नेता हुनेछन् । त्यसबाहेक एक थप व्यक्तिलाई नागरिक नेताले चुन्नेछन् तर ती व्यक्तिको छनौटमा सेनाको पनि सहमती आवश्यक हुनेछ । 

पछिल्लो सहमती यही हप्ताबाट सुरु भएको वार्ता सुचारु भएपछि पुगिएको हो । राष्ट्रपति अल–बसिर सत्ता त्यागेपछि सत्ता सेनाले लिएपछि प्रदर्शन जारी रहेको थियो । प्रदर्शनकारीले सत्ता नागरिक नेतृत्वलाई सुम्पिनुपर्ने माग राखेका थिए । 

सेना र राजनीतिक प्रदर्शनमाझ जुन ३ मा सुरक्षा फौजले बल प्रयोग गर्दा १०० जनाको मृत्यु भएको थियो भने धेरै घाइते भएका थिए । प्रत्यक्षदर्शीका अनुसार त्यस दिन सुरक्षा बलले लुटपाट र बलात्कार पनि गरेका थिए । 

शक्ति बाँडफाड सम्झौतामा जुन ३ को घटनाको स्वतन्त्र अनुसन्धान हुनुपर्ने प्रावधान पनि समावेश छ । एजेन्सी 

  

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *