आफ्नै पार्टीसँग दुःखी छन् राहुल गान्धी, खोले राजीनामा दिनुको रहस्य

 

असार १८, काठमाडौं । लोकसभा निर्वाचनमा काँग्रेसको हारको जिम्मेवारी लिँदै पार्टी अध्यक्ष राहुल गान्धीले पदबाट राजीनामा दिएका छन्। 

भारतीय कांग्रेसका अध्यक्ष राहुल गान्धीले बुधबार आफू अब पार्टी अध्यक्ष नरहेको स्पष्ट पार्दै पार्टीले ढिलो नगरी नयाँ अध्यक्ष छान्नुपर्ने बताए । काँग्रेसको विकासको लागि जवाफदेहीता महत्वपूर्ण भएको उनकाे भनाइ थियाे ।  

null

२०१९ को लोकसभा चुनावमा कांग्रेसले मात्र ५२ सिट प्राप्त गर्यो । कांग्रेस अध्यक्ष राहुल गान्धीले आफ्नो परम्परागत सीट अमेठी पनि बचाउन सकेनन् । यो हार राहुल गान्धीले पचाउन सकेनन् । 

उनको अपेक्षा थियो कि उनलाई देखेर कांग्रेसका बाँकी वरिष्ठ नेताहरुले पनि राजीनामा दिनेछन् । तर वास्तविकतामा यस्तो भएन । 

वास्तवमा राहुल गान्धी पार्टीका दिग्गज नेता हारको जिम्मेवारी लिउन् र आफ्नो पदबाट राजीनामा दिउन् भन्ने चाहन्थे । उनले बारम्बार पार्टी संगठनमा आमूल परिवर्तनको आवश्यकता रहेको इशारा गरेका थिए । यो परिवर्तन उनी आफ्नो राजीनामा भन्दा पहिले नै गर्न चाहन्थे । 

‘पार्टीका दिग्गज नेताका सबै समीकरण कांग्रेसले मान्यो र उनीहरुले चुनेका उम्मेद्वारलाई पार्टीले टिकट दियो । तर लोकसभा चुनावमा उनीहरुले चुनेका उम्मेद्वारले केही खास गर्न सकेनन् । नतिजा शुन्य आयो । तर पार्टी नेता आफ्नो पद छोड्न तयार नै छैनन्,’ उनको गुनासो छ । 

पार्टीको टिकट बाँडफाँडमा परिवारवाद र घमण्डको लडाईं ज्यादा रहेको उनको भनाइ छ । राहुलले यी कुराहरु मुख्यमन्त्रीको बैठकमा खुलेर गरे । 

महाराष्ट्र कांग्रेसले १० सीटमा जीतको दावी गरेको थियो तर उसलाई मात्र १ सीट मिल्यो । त्यो पनि ती उम्मेद्वारबाट मिल्यो जो उपयुक्त समयमा शिव सेना छोडेर कांग्रेसमा सहभागी भएका थिए । 

हालसालै यूथ कांग्रेसका नेताहरुको बैठकमा राहुल गान्धीले मुख्यमन्त्री, महासचिवले राजीनामा नदिएकोमा दुःख लागेको बताएका थिए । त्यसपछि पार्टीमा राजीनामाको वर्षा भयो । संगठनका दोस्रो तहका नेताहरुले सामुहिक राजीनामा पेश गरे । 

उक्त राजीनामा पछाडीको कारण हो कांग्रेसका रिति–नीति सञ्चालन गर्ने वरिष्ठ दिग्गज नेतामाथि राजीनामाको दबाब दिनु । 

राहुल गान्धी संगठनको बदलाव चाहन्छन् ताकि नयाँ टीमका साथ आउने चुनावमा लडाईं गर्न सकियोस् । अर्कोतर्फ उनी अध्यक्षको कार्यभार भन्दा ज्यादा आम मानिसका नेता बन्न चाहन्छन् । उनी देशमा जहाँ समस्या हुन्छ, त्यहाँ राहुल गान्धी देखियोस् भन्ने चाहन्छन् । 

  

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *