संसदमा आजपनि प्रतिपक्षी सांसदद्वारा नाराबाजी (LIVE)

 

साउन १५, काठमाडौं । विपक्षी दल राष्ट्रिय जनता पार्टी (राजपा) र नेपाली कांग्रेसले बुधबारको प्रतिनिधि सभा बैठक पनि अवरुद्ध गरेका छन् । 

प्रतिनिधि सभाको बैठक शुरु हुनासाथ विप्लव नेकपाका सर्लाही जिल्ला इन्चार्ज कुमार पौडेलको हत्याको विषयलाई लिएर विपक्षीले संसद अवरुद्ध गरेका हुन् । 

null

सभामुख कृष्णबहादुर महराले पटक पटक बसिदिन आग्रह गर्दा पनि राजपा र कांग्रेस सांसदहरुले राजपाले बेल घेराउ गरी नाराबाजी गरिरहेका छन् । 

सर्लाहीमा प्रहरीको गोली लागी २ नागरिकको हत्या भएको विषयमा छानविनका लागि संसदीय समिति गठन गर्नुपर्ने उनीहरुको माग छ । 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *