सप्तरीमा २० घर बगे, एक हजार डुबानमा

 

असार २८, सप्तरी । बिहीबारदेखि आएको अविरल वर्षाका खोलानालामा आएको बाढी बस्ती पस्दा सप्तरीमा २० घर बगेका छन् भने एक हजार घर डुबानमा परेका छन् । 

बिहुल नदीमा आएको बाढीले बोदे बर्साइन नगरपालिकाको महनौरी गाउँका २० वटा घर बगाएको हो । घर नै बगाएपछि सर्वसाधारण चिन्तित छन् । उनीहरु अर्काको घरमा बस्न बाध्य भएका छन् । 

null

हनुमाननगर–कंकालनी नगरपालिका वडा नम्बर १३ गोबरगाढा र सोही नगरपालिकाको वडा नम्बर १४ रम्पुरा मल्हनियाँ लगायतका अधिकांश वडाका घरहरुमा पानी पस्दा जनजीवन प्रभावित बनेको छ । 

 

जिल्लाको १८ वटै स्थानीय तह प्रभावित भएको जिल्ला प्रहरी कार्यालय राजविराजले जनाएको छ । प्रहरीका अनुसार त्यहाँ मानविय क्षति भने भएको छैन । 

त्यस्तै खड्ग खोलाको बाढीले खड्ग नगरपालिका ८ स्थित बिसनपुर सडकखण्ड बाढीले बगाउँदा यातायात अवरुद्ध छ । उक्त सडक केही दिनअघि मात्रै निर्माण गरिएको थियो । 

पछिल्लो अपडेट अनुसार बाढी पहिरोमा परी मुलुकभर ज्यान गुमाउनेको संख्या २८ पुगेको छ भने १६ जना बेपत्ता छन् । 

खोटाङ, सुनसरी, रामेछाप, धादिङ, दोलखा १–१ जना, मकवानपुरमा ३ र काभ्रेमा २ जना घाइते भएका छन् । त्यस्तै विभिन्न जिल्लाबाट ५० जनाको उद्धार गरिएको छ । 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *