प्रभु बैंकको पर्सा शाखा कार्यालय सञ्चालनमा

 

साउन ६, काठमाडौं । प्रभु बैंक लिमिटेडले चितवनको खैरहनी नगरपालिका वडा नम्बर ८ स्थित पर्सा बजारमा नयाँ शाखा विस्तार गरेको छ । 

कार्यालयको खैरहनी नगरपालिकाका नगर प्रमुख लालमणी चौधरीले आज (सोमबार) बिहान ९ बजे उद्घाटन गरे । बैंकले उक्त शाखा कार्यालय आजदेखि नै सञ्चालनमा ल्याएको छ । 

null

शाखा उद्घाटन गर्दै प्रमुख अतिथी नगर प्रमुख चौधरीले प्रभु बैंकले बैंकिङ्ग पहुँच नपुगेको ठाउँमा आप्mनो शाखा कार्यालय सञ्चालनमा ल्याएर सर्वसाधारणको घर आँगनसम्म सरल र सहज रुपमा गुणस्तरीय अत्याधुनिक प्रविधि सहितको बैंकिङ्ग सेवा विस्तार गरी प्रशंसनीय कार्य गरेको बताए । 

उद्घाटन कार्यक्रममा विभिन्न संघ–संस्थाका प्रतिनिधिहरु, स्थानीय व्यापारी, बुद्धिजिवी लगायत ठूलो संख्यामा सर्वसाधारणको उपस्थिति रहेको प्रमुख कार्यकारी अधिकृत अशोक शेरचनले जानकारी दिए ।  

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *