बुटवल–पाल्पा सडक एकतर्फी खुल्यो, गुल्मी–अर्घाखाँची सडक ठप्प

 

असार २९, बुटवल । शनिबार दिउँसो ३ बजेदेखि अवरुद्ध भएको सिद्धार्थ राजमार्गअन्तर्गतको बुटवल–पाल्पा सडकखण्ड एकतर्फी सञ्चालनमा आएको छ । 

आइतबार बिहान करिब साढे १० बजेदेखि उक्त सडकखण्ड एकतर्फी सञ्चालनमा आएको हो । ब्रेकर, डोजर, स्काभेटर परिचालन गरेर दुईतर्फी नै बाटो खुलाउने प्रयास भइरहेको बुटवल प्रहरीले जनाएको छ । 

null

यता पहिरोले गुल्मी–अर्घाखाँची सडक भने ठप्प भएको छ । पाँच दिनदेखिको अविरल बर्षाले पहिरो जाँदा गुल्मीको सदरमुकाम तम्घासदेखि अर्घाखाँचीको सन्धिखर्क पुग्ने सडक हिजो बिहान ७ बजे देखि अवरुद्ध भएको छ । 

तम्घास नेटा सडक खण्डको वेदुखर्कमा पहिरो जाँदा यातायात अवरुद्ध भएको हो । 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *