विशेष सूचनाको आधारमा फरार अभियुक्त पक्राउ
साउन १०, चितवन । प्रहरीले बिहीबार भरतपुर महानगरपालिका–९ काँडाघारी चितवनबाट नौ वर्ष कैद र रु ५० हजार जरिवाना फैसला गरिएको एक फरार प्रतिवादीलाई पक्राउ गरेको छ ।
पक्राउ पनेमा पर्साका जिराभवानी गाउँपालिका–५ शङ्करसरैया बस्ने ३१ वर्षीय महेन्द्र नुनीय महतो रहेको चितवन जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।
null
महतोलाई २०७१ वैशाख २१ गते पर्सा जिल्ला अदालतले फिरौती माग, अपहरण तथा शरीर बन्धक मुद्दामा नौ वर्ष कैद र रु ५० हजार जरिवाना फैसला सुनाएको थियो ।
महतो बिरुद्ध भारत बिहार मजफपुर जिल्ला मुसहरि सर्लाही गाउँ बस्ने २३ वर्षीय सञ्जयकुमार राय यादवले विसं २०६७ फागुन २४ गते सो मुद्दा दर्ता गरेका थिए ।
महतोले यादवलाई नेपालमा राम्रो जागिर लगाइदिन्छु भनी प्रलोभनमा अपहरण गरी नेपालको पर्सा जिल्ला जिराभवानी गाउँपालिका–१ महादेवपट्टिस्थित जिराभवानी मन्दिरमा राखेर रु १० लाख फिरौती मागेका थिए ।
लुकीछिपी स्थान परिर्वन गर्दै बस्दै आईरहेका महतोलाई विशेष सूचनाको आधारमा प्रहरीको विशेष टोलीले पक्राउ गरेको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता तथा प्रहरी नायब उपरीक्षक एकनारायण कोइरालाले बताएका छन् ।