भाइरल फोटोको कथाः यस्तो छ वास्तविकता

 

असार २९, काठमाडौं । असार २७ गते राजधानीको कंलकी मनसुनी वर्षाका कारण जलमग्न भएको थियो । थानकोट, त्रिवेणी, बल्खु खोलामा आएको भेलका कारण कंलकी क्षेत्र डुबानमा परेको थियो । महानगरीय ट्राफिक प्रहरी प्रभाग कलंकीको कार्यालय पनि पानीले डुबेको थियो । 

कार्यालय नै डुबानमा परेपछि कार्यालयभित्र रहेका एक प्रहरीले काँधमा अर्का एकजनालाई काँधमा बोकेर बाहिर निस्किए। दुवैले सुन्तला रङ्गको बर्षादी ओढेका थिए। काँधमा चढ्ने अरु कोही थिएनन्, प्रहरी नै थिए। 

null

त्यो घटनासँगै समाजिक सञ्जालमा प्रहरी निरिक्षक केशव राज केशव भट्ट पनि भाइरल भएका छन् । अहिले सामाजिक सञ्जालमा प्रहरी निरीक्षक भट्टलाई प्रहरीले बोकेर बाहिर ल्याएको भन्दै उनीविरुद्ध नकारात्मक टिप्पणी भइरहेको छ । 

प्रहरीले प्रहरीलाई काँधमा बोकेको त्यो दृष्य कैद गरेका थिए, फ्रान्स प्रेस (एएफपी) का फोटोपत्रकार प्रकाश माथेमाले । प्रहरीले काँधमा अर्का प्रहरी बोकेर डुबान क्षेत्रमा हिँड्दै गरेको दृष्य देखेपछि उनले कैद नगरी बस्न सकेनन् । माथेमाले आफ्नो क्यामराको लेन्स त्यतै तेस्र्याए र आफ्नो फेसबुकमा पोष्ट गरे । 

अहिले सामाजिक सञ्जाल सोही तस्विरले तातिएको छ, गलत क्याप्सनसहित । सबैले वास्तविकता नबुझी आ–आफ्नो क्यापसन राख्दै फोटो पोष्ट गरेपछि सामाजिक सञ्जालमा विभिन्न टिकाटिप्णी पनि हुन थालेको हो । 

 

धेरैले काँधमा चढ्ने प्रहरी निरिक्षक भएको र आफ्ना तल्लो तहका कर्मचारीलाई दुःख दिएको भन्दै गाली समेत गरिरहेका छन् । 

फोटो भाइरल भएपछि सबैभन्दा बढी समस्यामा परे प्रभागका निरीक्षक केशव भट्ट । धेरैले निरीक्षक नै काँधमा चढेको भन्दै सामाजिक सञ्जालमा गाली आउन थालेपछि कुरै नबुझिकन सामाजिक सञ्जालको दुरुपयोगले समस्या आउने बताए । 

प्रहरी निरीक्षक केशव भट्टले भने, ‘प्रभागमा तीनजना प्रहरी जवान बिरामी थिए । उनलाई ज्वरो आएको थियो । मैँले नै पानी परिरहेको छ । बिरामी छन्। उनीहरुलाई सुरक्षित ठाँउमा लग्नु भनेको हुँ,’ भट्टले सुनाए । 

प्रहरीको काँधमा चढ्ने जवान सुभास खतिवडा भएको प्रहरीले बताएको छ । खतिवडाले तीन दिनदेखि औषधी खाइरहेका थिए । उनलाई बोक्ने प्रहरी जवान अरुण कहर हुन् । 

प्रभागबाट काँधमा आफ्ना सहकर्मीलाई बोकेर उद्धार गर्ने प्रहरी जवान अरुण कहर थिए । उनले आफ्ना बिरामी सहकर्मीलाई आफूले काँधमा बोकेर उद्दार गरेको बताए । ‘हाम्रो अफिसमा तीन जना बिरामी हुनुहन्थ्यो। बिरामीलाई पानीमा भिजाउनु भएन । मैँले नै डोरी तानेर बोकेर लगेको हुँ,’ प्रहरी जवान अरुण कहरले भने, ‘मलाई पौडी खेल्न राम्रोसँग आउँछ । यसअघि पनि बाढीमा बोकेर उद्धार गरेको थिएँ । ज्वरो आएका साथीलाई नभिजाऊँ भनेर बोकेको हुँ ।’ 

धादिङमा दरबन्दी रहेका जवान कहर नौ महिना अघि मात्र कलंकी प्रभाग आएका हुन् । 

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *