लिबियाको शरणार्थी शिविरमा आक्रमण, एक नेपालीसहित ४० जना मारिए

 

असार १९, काठमाडौं । लिबियामा आप्रवासी शिविरमा हवाई आक्रमण हुँदा एक नेपालीसहित ४० आप्रवासीले ज्यान गुमाएका छन् भने कम्तीमा ८० जना घाइते भएका छन् । 

लिबियाको राजधानी त्रिपोलीको पूर्वी तजोरामा रहेको बन्दीगृहमा आक्रमण हुँदा नेपाली सन्तोष श्रेष्ठसहित ४० आप्रवासीले ज्यान गुमाएका हुन् । 

null

२७ वर्षीय सन्तोषको रात्रि आक्रमणमा परी मृत्यु भएको त्रिपोलीस्थित अन्तर्राष्ट्रिय आप्रवास सङ्गठन (आइओएम) लाई उद्धृत गर्दै कायरोस्थित नेपाली दूतावासले जनाएको छ। उनी मानव तस्करको चङ्गुलमा परेर त्यहाँ पुगेका थिए । 

श्रेष्ठको ठेगाना खुलेको छैन । दूतावासका अनुसार ८ जनालाई टर्की हुँदै नेपाल फर्काइसकिएको छ भने ६ जनालाई फर्काउने प्रयास भइरहेको छ । ६ जना अझै त्यहीँभित्र छन् । 

युरोप जानका लागि लिबियालाई बाटो बनाएकाहरू बसेको ठाउँमा आक्रमण भएको हो । यही असार १७ गते भएको आक्रमणका समयमा १२० जना आप्रवासी त्यहाँको बन्द कोठाभित्र रहेका थिए । 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *