रंगशाला निर्माणमा जिल्लावासीलाई पनि सहभागी गराईदैं
साउन १०, चितवन । गौतमवुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला निर्माणमा जिल्लावासीलाई सहभागी गराउन जिल्ला सहयोग समिति चितवनले स्थानीय तहमा पुगेर समिति गठन गर्ने कार्य तीव्र पारेको छ ।
भरतपुरमा रंगशाला वन्न लागेपनि अन्तर्राष्ट्रिय गौरवको परियोजना भएकाले सवै जिल्लावासीलाई यसमा आवद्ध गराउने रंगशाला निर्माण सहयोग समितिको लक्ष्य छ । जस अन्तर्राष्ट्रिय विहीवार चितवनको राप्ती र कालिका नगरपालिकामा सहयोग समिति गठन गरिएको छ । जिल्लाको रत्ननगर नगरपालिका, खैरहनी नगरपालिका र इच्छाकामना गाउँपालिकामा सहयोग समिति गठन गरिसकेको छ ।
null
भरतपुर महानगरपालिका र माडी नगरपालिकामा समिति वन्न वाँकी रहेको जिल्ला समन्वय समिति चितवनका प्रमुख समेत रहेका रंगशाला निर्माण सहयोग जिल्ला स्तरिय समितिका संयोजक कृष्णकुमार डल्लाकोटीले जानकारी दिए । स्थानीय तहका प्रमुख संयोजक रहने गरि गठित समितिले आआफ्नो क्षेत्रबाट सक्दो सहयोग जुटाउने प्रतिवद्धता समेत आएको छ ।
शुक्रवार राप्ती नगरपालिकाका प्रमुख प्रभा वरालको संयोजकत्वमा १२१ सदस्यीय समिति गठन भएको छ । जसको उपसंयोजकमा उपमेयर इमानसिंह लामा, सदस्य सचिवमा राप्ती उद्योग वाणिज्य संघका अध्यक्ष राजकुमार कडेंल रहेका छन् । कालिका नगरपालिकामा प्रमुख खुमनारायण श्रेष्ठको अध्यक्षतामा ८५ सदस्यीय नगरस्तरीय सहयोग समिति गठन गरिएको जिल्ला समन्वय समिति चितवनका प्रमुख डल्लाकोटीले जानकारी दिए ।
समितिको उपसंयोजकमा उपप्रमुख कमला भट्टराई र चितवन उद्योग संघ कालिका इकाई अध्यक्ष प्रकाशचन्द्र भट्टराई सदस्य सचिव रहने गरि समिति वनाईएको हो । जिल्ला समन्वय समिति चितवनका प्रमुख डल्लाकोटी, नेकपा जिल्ला अध्यक्ष यमवहादुर परियार, नेपाली काग्रेश जिल्ला सभापति जीतनारायण श्रेष्ठ, रंगशाला निर्माणको नेतृत्व गरेको धुर्मुस सुन्तली फाउण्डेसनका अध्यक्ष सीताराम कट्टेल, उद्योग वाणिज्य संघ चितवनका अध्यक्ष सहनलाल प्रधान लगायतको उपस्थितीमा दुई नगरपालिकामा सहयोग समिति गठन गरिएको थियो ।
सहयोग रकम वढ्दै गौतमवुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला निर्माणका लागि जनस्तरबाट सहयोग गर्ने क्रम वढ्दै गएको छ । रंगशाला निर्माणका लागि विहीवार एक्कै दिन चितवनबाट ५८ लाख रुपैया सहयोग भएको छ । चितवन उद्योग वाणिज्य संघले एक कार्यक्रमकाबीच रंगशाला निर्माणमा नेतृत्व गरिरहेको धुर्मुस सुन्तली फाउण्डेसनलाई हस्तान्तरण गरेको हो ।
संघका अध्यक्ष सहनलाल प्रधानले जिल्ला समन्वय समिति चितवनका प्रमुख कृष्णकुमार डल्लाकोटी, भरतपुर महानगरपालिका मेयर रेनु दाहाल,प्रमुख जिल्ला अधिकारी जितेन्द्र वस्नेत लगायतको उपस्थितीमा फाउण्डेसनका अध्यक्ष सीताराम कट्टेललाई ५५ लाख ५५ ह्जार ५५५ वरावरको चेक हस्तान्तरण गरे ।
चितवन क्रिकेट संघले २ लाख ५५ हजार ५५५ वरावरको चेक शुक्रवारनै फाउण्डेसनलाई हस्तान्तरण गरेको छ । चितवन उद्योग वाणिज्य संघले रंगशालाका लागि १ करोड रुपैया दिने यसअघि वचन दिएको थियो । करिव ३ अर्वको लगानीमा भरतपुर १५ मा अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला निर्माण गर्न लागिएको हो ।
रंगशालाको विस्तृत परियोजना प्रतिवेदन (डिपिआर) निर्माण करिव अन्तिम चरणमा पुगेको फाउण्डेसनका अध्यक्ष सीताराम कट्टेल धुर्मुसले जानकारी दिए ।