बाढी पहिरो अपडेटः मृतकको संख्या ७८ पुग्यो, ३२ जना अझै बेपत्ता

 

असार ३१, काठमाडौं । केही दिनअघि देखि परेको अविरल वर्षाका कारण आएको बाढी पहिरोमा परी ज्यान गुमाउनेको संख्या ७८ पुगेको छ । 

काठमाडौं लगायत विभिन्न जिल्ला गरी बाढी, पहिरो र डुबानमा परी मंगलबार साढे १२ बजेसम्म ज्यान गुमाउनेको संख्या ७८ पुगेको पुगेको गृह मन्त्रालयले जनाएको छ । 

null

मन्त्रालयका अनुसार झापामा ३, मोरङमा २, सुनसरीमा २, पाँचथरमा १, भोजपुरमा ५, इलाममा १, ओखलढुंगामा ४ जना, खोटाङमा ३, उदयपुरमा १, महोत्तरीमा ४, धनुषामा ४, सिराहामा ४, सर्लाहीमा १, रौतहटमा ९, पर्सामा २, बारामा २, रामेछापमा १, सिन्धुलीमा ४ जनाको मृत्यु भएको छ । 

त्यस्तै काभ्रेपलाञ्चोकमा ३ जनाको मृत्यु भएको छ। अविरल वर्षातका कारण काठमाडौंमा ३, ललितपुरमा ६, मकवानपुरमा ५, धादिङ्गमा २, पाल्पामा १, दाङ्गमा २, कपिलवस्तुमा १ र डोल्पामा २ जनाको मृत्यु भएको गृह मन्त्रालयले जनाएको छ । 

४० जना घाइते छन् भने ३२ जना अझै बेपत्ता छन् । ३ हजार ३ सय ६६ भन्दा बढीको सकुशल उद्धार गरिएको छ ।  

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *