विप्लवसँगको वार्ताको वातावरण बनाउने कि बिथोल्ने ?

 

साउन ५, काठमाडौं । सरकार र नेत्रविक्रम चन्द विप्लव समुहविच वार्ता हुने चर्चा चलिरहेको बेला दुवैपक्ष वार्ताको वातावरण बनाउन भन्दा विथोल्न उद्धत देखिएका छन् । 

वार्ताको लागी पक्राउ परेका आफ्ना कार्यकर्ता रिहाई गर्नुपर्ने माग विप्लव समुहले राखिरहँदा सरकारले भने उल्टै कार्यकर्ताहरु पक्राउलाई तीव्रता दिएको छ । सो समुहले पनि विस्फोटका घटनालाई निरन्तरता दिएको छ । यसरी दुबै पक्षले एक अर्कालाई संयमित बन्ने, बनाउने भन्दा दुरी बढाउने क्रियाकलाप गर्दै वार्ताको वातावरण विथोलिरहेका छन् । 

null

पछिल्लो समय विप्लव समूहका काठमाडौं उपत्यका व्युरो इन्चार्ज माइला लामा पक्राउ परेका छन् । लामासँगै रेशम तामाङ पनि पक्राउ परेका छन् । यसअघि पनि केही जिल्लाका ईन्चार्जलाई प्रहरीले पक्राउ गरिसकेको छ । यस्तै ओखलढुंगा र सर्लाही जिल्ला ईन्चार्ज भने ईन्काउन्टरमा मारिएका छन् । प्रहरीले नेता तथा कार्यकर्ता धरपकडलाई निरन्तरता दिँदैगर्दा विप्लव समुहले पनि आफ्ना ध्वंसात्मक गतिविधि जारी राखेको छ । 

उसले बिहीबार राती कैलालीको धनगडीमा बम विस्फोट गराएको थियो । विस्फोटमा उसका एक कार्यकर्ताको ज्यान गएको थियो भने अरु ४ घाइते भएका थिए । 

केही साताअघि विप्लव समूहले एक प्रहरीको हत्या गरेका थिए । ऊ प्रहरीमाथि नै जाइलागेपछि देशमा फेरि युद्द हुने हो कि भन्ने त्रास फैलिरहँदा सरकार र विप्लव समुहबीच वार्ता हुने चर्चा चलिरहेको थियो । तर विप्लवको विस्फोटका घटना बढेपछि वार्ताको वातावरण खलबलिन सक्ने विज्ञहरुको चिन्ता छ । 

यद्यपी धनगढीको विस्फोट गत महिना काठमाडौँमा भएको विस्फोटकै शैलीमा भएको थियो । अर्थात् योजनाबद्ध, पुर्वतयारी विनाको विस्फोट । काठमाडौंको विस्फोटमा पनि विप्लवकै कार्यकर्ताको मृत्यु भएको थियो । 

सरकारले फागुन २८ गते नेकपामाथि प्रतिबन्ध लगायो । त्यसको चौतर्फी विरोध भयो । तर, प्रधानमन्त्री केपी शर्मा ओली र गृहमन्त्री रामबहादुर थापा बादलले विरोधको वास्ता नगरी विप्लवका नेता तथा कार्यकर्ता नियन्त्रण गर्न सुरक्षा निकायलाई घुँडा मुनि गोली हान्न निर्देशन दिए । सोही कारण पार्टीका नेता तथा कार्यकर्तालाई नियन्त्रणमा लिन प्रहरीले पटक पटक ‘फायरिङ’ गर्यो । 

यो बीचमा तीन जना विप्लव कार्यकर्ताको ‘इन्काउण्टर’ भइसकेको छ । नेकपा भोजपुरका युवा नेता तिर्थ गौतम, सर्लाही जिल्ला इञ्चार्ज कुमार पौडेल र ओखलढुंगा सेक्रेटरी निरकुमार राई प्रहरी इन्काउण्टरमा मारिएका हुन् । 

उक्त ‘इन्काउण्टर’ लाई विप्लव समुहले भने ‘फेक इन्काउण्टर’ को संज्ञा दिँदै आएको छ । 

यसरी प्रहरीले एकपछि अर्को हत्याको श्रृंखला बढाएपछि नेकपाले पनि प्रतिरोध गर्ने पटक पटक चेतावनी दिइसकेको छ । 

गत महिना मात्रै काठमाडौंका विभिन्न स्थानहरुमा विस्फोट हुँदा ५ जनाको मृत्यु भएको थियो भने आधा दर्जन भन्दा बढी घाइते भएका थिए । उक्त विस्फोटपछि गृहमन्त्री रामबहादुर थापाले विस्फोटमा परेर ज्यान गुमाउनेहरु नागरिक नभएर आतंककारी भएको स्पष्टिकरण दिएका थिए । 

उनले विप्लव समुहबाट राजधानी नै खतरामा रहेको सूचना पाएको सार्वजनिक रुपमै बताएका थिए ।  

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *