पक्राउ गर्ने क्रममा लछारपछार, सांसदका बडिगार्ड थिए मृतक राई

 

असार २५, काठमाडौं । भोजपुरमा आज (बुधबार) प्रहरी र विप्लव नेकपाका कार्यकर्ताबीच गोली हानाहान हुँदा मारिएका सञ्जिव राई सांसदको पूर्व सुरक्षा गार्ड रहेको खुलेको छ । 

लामो समयसम्म नेकपा नेता एवम् संघीय सांसद सुदन किँरातीको सुरक्षा गार्ड रहेका मृतक राई केही समययता भने जिल्ला प्रहरी कार्यालयमा कार्यरत थिए । सादा पोशाक घुमुवा समुहमा उनको ड्युटी थियो । 

null

आज बिहान साढे ८ बजेको समयमा प्रहरीको गोली लागेर विप्लव कार्यकर्ताको पनि मृत्यु भएको छ । 

प्रहरीको जवाफी फायरिङमा विप्लव कार्यकर्ता ओखलढुंगाका जिल्ला इन्चार्ज निरकुमार राई मारिएका हुन् । सदरमुकाममा विप्लव कार्यकर्ता हतियारसहित प्रवेश गरेको सूचनाका आधारमा खटिएको प्रहरी टोलीमाथि विप्लव कार्यकर्ताले सुरुमा गोली प्रहार गरेको प्रहरीको भनाइ छ । 

भोजपुरका प्रमुख जिल्ला अधिकारी नूरहरि खतिवडाले भने पक्राउ गर्ने क्रममा लछारपछार भएपछि प्रहरीमाथि गोली प्रहार भएको जानकारी दिएका छन् । 

हटिया लाग्ने ठाउँमा शंकास्पद मान्छे आएको जानकारी पाएपछि सादा पोसाकका प्रहरीले उनलाई पक्राउ गर्ने क्रममा लछारपछार भएको र सोही क्रममा विप्लव कार्यकर्ता राईले प्रहरीमाथि गोली चलाएको खतिवडाको भनाइ छ । 

प्रहरीले घटनास्थलबाट एक थान चाइनिज पेस्तोल र पाँच राउन्ड गोली बरामद गरेको जनाएको छ । 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *