कम्युनिष्टको गढमा डाक्टर र औषधी बोकेर पुगे अधिकारी र थपलिया
असार १५, धादिङ । नेपाली कांग्रेस धादिङका पुर्व सभापति रामनाथ अधिकारी र नेपाल विद्यार्थी संघका नेता दिनेशचन्द्र थपलिया धादिङ जिल्लाकै कम्युनिष्टको गढको रुपमा चिनिएको गजुरी गाउँपालिका–५ को पिंडामा डाक्टरको टोली र औषधी बोकेर पुगेका छन ।
उक्त बस्ती प्रदेश नं–३ का गृहमन्त्री शालिकराम जमरकटेलको जन्मथलो भएपनि यो ठाउँ विकासले अत्यन्त पिछडिएको क्षेत्र हो । यस ठाउँलाई कम्युनिष्टहरूले आफ्नो किल्लाको रूपमा लिने गरेका छन् । थपलियाले कम्युनिष्टहरु कतिसम्म विकास बिरोधी हुन्छन् भन्ने नमुना हेर्न पिंडा आउनुपर्ने बताए ।
null
पिंडा–गजुरी मावीले विद्यालय प्राङ्गणमा आयोजना गरेको निःशुल्क स्वास्थ्य शिविरलाई संबोधन गर्ने क्रममा पुर्व सांसद समेत रहेका अधिकारीले स्वास्थ्य उपचारबाट कोही पनी बन्चित नहोन् भन्ने कुरामा कांग्रेस सचेत रहेको बताए । उक्त दुर्गम बस्तीमा शिविर लैजाने थपलिया कांग्रेसका प्रभावशाली नेता डा. शेखर कोइरालाका स्वकिय सचिव समेत हुन । स्टेचरमा समेत बिरामी बोकेर ल्याएको देखेपछी थपलिया लगायत आयोजकहरु भावबिह्ल बनेका थिए ।
स्वास्थ्य सचेतना अभियानको प्राविधिक सहयोगमा उक्त शिविर सम्पन्न भएको थियो । उक्त संस्था त्रिवि चिकित्सा अध्ययन संस्थान महाराजगंजमा अध्ययनरत विद्यार्थीहरुको संस्था हो । संस्थाले देशका बिभिन्न स्थानमा यसैगरी शिविर सञ्चालन गरेको डा. मदन केसीले जनकारी दिए । शिविरमा सहभागी कांग्रेस निकट स्वास्थ्यकर्मी संघका केन्द्रिय सदस्य मिनराज पन्थीले राजमार्गको नजिक भएर पनी यति धेरै विरामीहरु स्वास्थ्य परीक्षणमा आएको देख्दा आफुलाई अचम्म लागेको बताए ।
शिविरमा २ सय भन्दा बढी स्थानियले स्वास्थ्य परीक्षण गराएको विद्यालय ब्यवस्थापन समितीका अध्यक्ष मोहन पण्डितले बताए । शिविरमा कांग्रेस क्षेत्रिय सचिव अर्जुन न्यौपाने, कांग्रेस गजुरी गाउँपालिका संयोजक भुमी कँडेल, नेविसंघ धादिङका नेता बिकाश अधिकारी लगायतको उपस्थिती थियो ।