पार्टी एकता बिथोल्न प्रधानमन्त्रीको अफर आउँथ्योः प्रचण्ड

 

साउन ७, काठमाडौं । सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पार्टी एकता विथोल्न नाटकिय रुपमा प्रधानमन्त्रीको अफर आएको खुलासा गरेका छन् । 

नेकपाका संस्थापक महासचिव पुष्पलाल श्रेष्ठको ४१ औं स्मृति दिवसका अवसरमा आज बिहान कीर्तिपुरको चम्पादेवीमा आयोजित कार्यक्रममा बोल्दै प्रचण्डले पार्टी एकता विथोल्न नाटकिय रुपमा प्रधानमन्त्रीको अफर आएको भएपनि लोभ नगरी पार्टी एकताको प्रक्रियामा गएको दाबी गरे । 

null

अध्यक्ष दाहालले आफूभित्रका कमि कजोरीहरुलाई धोइ पखाली गरेर अघि बढ्ने पनि बताए । उनले जनवादी क्रान्तिलाई पूर्णता दिने र समाजवादमा जाने नै पार्टीको लक्ष्य रहेको पनि स्पष्ट पारे । इतिहासले आफ्नो पार्टीलाई ठूलो जिम्मेवारी दिएको भन्दै उनले अब नेकपा जनताको अपेक्षा पुरा गर्नतर्फ लागि पर्ने पनि बताए । 

पूर्व प्रधानमन्त्री समेत रहेका प्रचण्डले पार्टी एकताको प्रक्रिया अब निष्कर्षमा पुगिसकेको बताउँदै केही कुरालाई औपचारिकता दिन मात्रै बाँकी रहेको तर साउनभित्रै सबै काम सक्ने पनि जानकारी गराए । 

यस्तै उनले प्रचण्डले सुझबुझपूर्ण ढंगले सञ्चालन गरिएको जनयुद्ध र जनआन्दोलनको बलले नै मुलुकमा गणतन्त्र स्थापना भएको प्रष्ट पार्दै जनयुद्धको बेला शान्ति स्थापना र सकारात्मक राजनीतिक परिवर्तनको लागि तत्कालिन एमालेका नेतासँग आफूले धेरैपटक संवाद गरेको पनि स्मरण उनले गरे ।  

  

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *