हङ्कङको रेल स्टेसनमा एक हुलले हिंसात्मक आक्रमण गर्दा ३६ मानिस घाइते

 

साउन ६, हङ्कङ । आइतबार राती हङ्कङको एउटा रेल स्टेसनमा एक हुलले हिंसात्मक आक्रमण गर्दा कम्तिमा ३६ मानिस घाइते भएका छन् । 

साउथ चाइना मर्निङ पोष्टका अनुसार आक्रमण मध्य–रात तिरको समयमा युएन लङ एमटीआर रेल स्टेसनमा भएको थियो । 

null

आक्रमण सेतो टी–सर्ट लगाएको हिंसात्मक जत्थाले गरेको थियो । आक्रमणमा हङकङमा जारी सरकार विरोधी प्रदर्शनमा संलग्न भएर फर्केकामाथि लक्षित थियो । 

तर, केही सर्वसाधरण यात्रुलाई पनि चोट लागेको छ । आक्रमणमा रड प्रयोग भएको देखिएको छ । 

हुलाया रुपमा रेल स्टेसनमा पसेका आक्रमणकारीको संख्या लगभग केही दर्जन थियो । यो सब घटना हुदाँ रेलस्टेसन वरिपरि कुनै प्रहरी थिएनन् । प्रहरी राती ११ः१५ बजे स्टेसन पुगेको थियो । 

पछि प्रहरी पुग्दा, आक्रमणकारी भागिसकेका थिए । हङकङबासीले भने प्रहरीले ढिलो गरी आएर आक्रमणकारीलाई सजिलो बनाइदिएको आरोप लगाए । 

स्टेसनमा रहेका मानिस भने प्रहरी ढिलो आइपुगेको भन्दै क्रुद्ध भएका थिए । तिनले आक्रमणकारी सरकारी भिजिलान्ते भएको आशंका व्यक्त गरे । चोट लाग्नेमा सर्वसाधरण, सांसददेखि पत्रकारसम्म छन् । विपक्षी सांसद ल्याम चेक–टिङ घाइते भएकी छिन् । 

मानिसहरुले छाताले आक्रमणकारीको प्रहार रोक्ने प्रहास गरेका थिए । केहीले भने हेल्मेटले हानेर हुल्याहाहरुलाई भगाउने प्रयास गरेका थिए । 

यस अघि पनि विरोध प्रदर्शनबाट फर्किरहेका आक्रमणकारीविरुद्ध सो रेल स्टेसनमा छिटपुट आक्रमणको प्रयास भएको थियो । यस अघिका आक्रमण गर्नेहरुले पनि सेता टी–सर्ट लगाएका थिए । 

आक्रमणको सम्भवनालाई मध्यनजर गरेर रातको ११ बजेपछि उक्त स्टेसनमा रेल रोक्न छाडेका थिए । तर पछिल्लो आक्रमण भने रातको १० बजेपछि नै सुरु भएको थियो । 

रेल स्टेसनमा आक्रमण भइरहदाँ सहरको अर्को भाग वान चाई, सेन्ट्रल र शेउङ वानमा सरकारी विरोधी प्रदर्शनकारी र प्रहरीबीच घम्साघम्सी चलिरहेको थियो । 

हङ्कङ सरकारले पनि रातको समयमा रेल स्टेसनमा भएको आक्रमणको विरोध गरेको छ । सरकारले आक्रमणको विरोध गर्दै निकालेको वक्तव्यमा भनिएको छ ,‘ युन लङ एमटीआर स्टेसनमा केहीले हुल बनाएर यात्रुमाथि आक्रमण गरेका छन् । यसबाट केही मानिस घाइते बनेका छन् । ’ 

वक्तव्यमा अगाडि भनिएको छ ,‘ कानुनी शासन भएको हङकङको लागि यो अस्वीकार्य छ । सरकार कुनै पनि प्रकारको हिंसालाई कडा शब्दमा विरोध गर्छ र संलग्नलाई कारबाही गर्ने प्रतिवद्धता जनाउँछ ।’ 

घटनाको भिडियो क्लिप अनलाईनमा प्रसार भइरहेको छ र स्थानीय टेलिभिजन च्यानलले पनि त्यसलाइ प्रशारण गरेका छन् । अनलाइनमा प्रसार भइरहेको एउटा भिडियोमा सस्थापन पक्षका सांसद जुनियस हो क्वान–यीउ सेतो टी–सर्ट लगाउने मानिससँग हात मिलाइरहेको देखिन्छन् । यसले पनि सेतो टी–सर्टधारी सरकारी पक्षले खटाएको आशंका बढेको छ । 

जुनियस आफैले आफ्नो फेसबुक पेजमा एउटा भिडियो राख्दै लेखेका छन् ,‘ बाटोमा सेतो टी–सर्टधारीसँग मेरो भेट भयो । तीमध्य केहीलाई मैले चिनेको छु । ती देशको सुरक्षा चिन्ता गर्ने ‘असल मानिस’ हुन् ।’  एजेन्सी  

  

  

  

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *