‘फेक लभ’ को निशानामा व्यापारीः नग्न भिडियो बनाएर ४० लाखकाे बार्गेनिङ !

 

साउन ७, काठमाडौं । व्यापारीलाई प्रेम जालमा पारेर नग्न भिडियो बनाइ ४० लाख माग गर्ने ४ जना प्रहरीको फन्दामा परेका छन् । 

इलाका प्रहरी कार्यालय विर्तामोडको टोलीले बिर्तामोड–४ मा व्यवसाय गर्दै आएका एक व्यापारीलाई युवती (रितु फियाक) को प्रयोग गरी प्रेम जालमा पारेर नग्न भिडियो बनाइ ४० लाख माग्ने ४ जनालाई प्रहरीले मंगलबार पक्राउ गरेको हो । 

null

पक्राउ पर्नेमा बिर्तामोड–४ का २९ वर्षीय मेराज, बिर्तामोड चारपाने बस्ने २० वर्षीया रितु फियाक लिम्बु, भारत पश्चिम बंगाल दार्जिलिङ खोरिबारीका सुजन शंकर र बिर्तामोड–४ का प्रकाश दास रहेको इलाका प्रहरी कार्यालय विर्तामोडका डिएसपी मोहन थापाले जानकारी दिए । 

माथिका अभियुक्त ४ जनाको सल्लाहपछि यही असार २८ गते रितु फियाकले फेक फेसबुक र इमो अकाउन्ट खोलिन् । अनि एक व्यवसायीलाई फसाउनका लागि सोही आइडीको इमो र मोबाइलमा फोन गर्न थालिन् । 

त्यसपछि उनले साउन १ गते ती व्यापारीलाई बिर्तामोड–४ स्थित कुमारी बैंक छेउमा भेट्न बोलाइन् । उनको आवाज र नक्कली प्रेममा लट्ठीएका ती व्यापारीको सजिलै भेट्न राजी भए । दुवैको भेट भयो । 

व्यवसायीले युवतीलाई होटल जाने प्रस्ताव गरे। असुरक्षा हुने भन्दै युवतीले व्यवसायीको होटल जाने भन्ने कुरा मानिनन् र आफ्नो साथीको कोठामा जाने प्रस्ताव राखिन् । ती व्यापारी पनि राजी भए । त्यसपछि जियाले कुमारी बैंकको छेउ गल्लीभित्रको घरको माथिल्लो कोठामा लगिन् । उनीहरुबीच प्रेमका तीता मिठा कुराहरु चलिरहेका थिए । 

राति ८–९ बजेतिर एक्कासी कसैले ढोका ढक्ढक्यायो । ती युवतीले ढोका खोलेपछि हातहतियारसहित आएका ३ युवाहरुले कोठाभित्र पसेर व्यापारीलाई कुटपिट गरी नग्न बनाए । पूरै नग्न बनाएपछि भिडियो उनको भिडियो खिचे । त्यसपछि सुरु भयो ब्ल्याकमेलिङ र ४० लाखको बार्गेनिङसँगै भिडियो सामाजिक सञ्चालमा राखिदिने धम्की । 

ती व्यापारीलाई साउन ५ गतेसम्म ४० लाख रकम नदिए त्यो भिडियो सामाजिक सञ्जालमा हाल्ने धम्की दिएपछि उनीहरु सबै त्यहाँबाट निस्किन्छन् । र दैनिक फोन गर्दै रकम माग गर्न थाल्छन् । 

सुरुमा त ती व्यापारीले पनि आफू बदनाम हुने डरले घटना लुकाए । केही सिप नलागेपछि बल्ल उनी इलाका प्रहरी कार्यालय बिर्तामोड धाएका हुन् । 

त्यसपछि घटनामा सक्रिय भएको प्रहरीले धम्की दिँदा प्रयोग भएका मोवाइल नम्बरहरु र प्रतिवादीहरुको मोबाइल नम्बरहरुको कल डिटेल विश्लेषण, फेसवुक, इमो लगायतका सामाजिक सञ्जालहरुवाट प्राप्त सूचनाका आधारमा अनुसन्धान अगाडि बढायो । 

घटनाबारे सूचना पाएलगतै सक्रियता अघि बढाएको प्रहरीले मोबाइलमा सम्पर्क गरेर साउन ४ गते झापाको चारआलीबाट बिर्तामोड नगरपालिका ४ घर भएका को मेराज खान, सोही स्थानका प्रकाश दास र भारत पश्चिम बंगालको दार्जिलिङ थाना खोरिबारी घर भएका सञ्जु क्षेत्री भन्ने सुजन शंकरलाई प्रहरीले पक्राउ गर्‍यो। 

त्यसलगत्तै इलामको फाकफोकथुम गाउँपालिका १ घर भई बिर्तामोड नगरपालिका २ चारपाने बस्ने रीतु फियाक लिम्बुलाई प्रहरीले बिर्तामोडबाट नियन्त्रणमा लिएको हो । 

उनीहरुको साथबाट प्रहरीले बा १५ च ७३३९ नम्बरको कार, स्कुफ लेखिएको १०० मिलिमिटरको सिलप्याक बोतल ३ थान, प्लास्टिकको नक्कली पेस्तोल, प्रोप्रानोल लेखिएको १ पत्तामा १५ चक्की र निट्रोसन १० लेखिएको १ पत्तामा ४ चक्की खाली भई ६ चक्की रहेको औषधी बरामद गरेको छ। 

पक्राउ परेकामाथि शरीर बन्धक बनाई अवान्छित लाभ लिन खोजिएको आरोपमा जिल्ला अदालतबाट ७ दिनको म्याद थप गरी अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *