कलंकी–नागढुङ्गा सडक सरसफाई अभियान सुरु

 

असार १५, काठमाडौं । चन्द्रागिरी नगरपालिका स्थित कंलकी–नागढुङ्गा सडक सरसफाई अभियान सुरु भएको छ । 

चन्द्रागिरी नगरपालिकाको समन्वय तथा चन्द्रागिरी नगरपालिका फोहोरमैला व्यवस्थापन समितिको आयोजनामा २० दिने पूर्ण सरसफाई अभियान आईतबारबाट सुरु भएको हो । 

null

कंलकी–१४ बाट सुरु भएको अभियानको चन्द्रागिरी नगरपालिका नगर प्रमुख घनश्याम गिरीले उद्घाटन गरेका छन् । 

सरसफाई अभियानको उद्घाटन गर्दै नगर प्रमुख गिरीले चन्द्रागिरीलाई स्वच्छ, हरावरा र धुलो मुक्त नगर बनाउने अभियान लागि परिरहेको बताए । ‘लामो समयदेखि कष्टकर यात्रा गर्नुपर्ने बाध्यता, धुवाँ धुलोले निरन्तर ४ बर्षदेखि समस्या भोगीरहेका हाम्रा स्थानियहरुको समस्या अब हटेर जानेछन्’, उनले भने, ‘बाटो धमाधम कालो पत्रे हुँदैछन् । अब हरियाली चन्द्रागिरी, स्वच्छ सफा चन्द्रागिरी बन्नेछ ।’ 

नगरपालिकाको अभियानलाई गाउँगाउँसम्म लैजान आफूहरु लागिपरेको चन्द्रागिरी नगरपालिका फोहोरमैला व्यवस्थापन समितिका सल्लाहकार राजेन्द्र महर्जनले बताए । 

सरसफाई अभियानमा चन्द्रागिरी रेडक्रस सर्कल, विभिन्न संघ संस्थाका प्रतिनिधिहरु लगायतको सहभागीता रहेको थियो । 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *