हङकङमा बस दुर्घटना हुँदा ७७ घाइते, दुईको अवस्था गम्भीर
मकालु खबर
२०७६ साउन १४ गते
साउन १४, काठमाडौं । हङकङमा डबल डेकर बस दुर्घटना हुँदा चालकसहित ७७ जना घाइते भएका छन् ।
मंगलबार बिहान ८ बजेतिर काउलुन मोटर र सिटी मोटरका दुई डबल डेकर बस आपसमा ठोक्किँदा सो दुर्घटना भएको हो । दुर्घटनामा जनाको अवस्था गम्भीर छ ।
null
घाइतेहरूलाई उपचारका लागि यान चाई अस्पताल, क्यारिटास मेडिकल सेन्टर, प्रिन्स मार्गरेट अस्पताल, कुङ वा अस्पताल र पोक ओई अस्पताल लगिएको बताइएको छ ।
दुर्घटनाको कारणबारे प्रहरीले अनुसन्धान गरिरहेको छ ।
मकालु खबर
२०७६ साउन १४ गते
प्रतिक्रिया
सम्बन्धित