अन्तिम संस्कारको प्रक्रिया भइरहँदा युवक जिवित भएपछी

 

असार १९, भारत । उत्तरप्रदेशको राजधानीमा एक युवकलाई चिहानमा गाड्नका लागि पूरा तयारी भइसकेको थियो । चिहान खनिसकिएको थियो र शवलाई त्यहाँ राख्दै गर्दा परिवारका केही सदस्यले उनको शरीरमा हलचल देखे । 

अन्तिम संस्कारको प्रक्रिया तत्काल रोकेर उनलाई अस्पताल पुर्याइयो । अहिले त्यहाँ उनको उपचार भइरहेको छ । 

null

दाइले भने, ‘यो अप्रत्याशित हो’ 

वास्तवमा २० वर्षका मोहम्मद फुरकान २१ जुनमा एक दुर्घटनामा घाइते भएका थिए । त्यसपछ उनलाई नीजि अस्पतालमा भर्ना गरियो । डाक्टरले उनलाई सोमबार मृत घोषित गरेका थिए । 

उनलाई एम्बुलेन्स मार्फत् उनको घर पुर्याइयो । भाइको यस्तो अवस्थालाई दाइ मोहम्मद इरफानले यसलाई अप्रत्याशित बताएका छन् । उनले भने, ‘परिवारलाई विश्वास भइरहेको छ । हामीले हाम्रो भाइ फिर्ता पायौं ।’ 

उनले भने, ‘भाइको उपचारका लागि निजी अस्पताले परिवारसँग सात लाख भारु लिइसकेका थिए । जब हामीले उनलाई हामीसँग पैसा नभएको बतायौं तब सोमबार फुरकानलाई मृत घोषित गरियो । अहिले उनलाई भेन्टिलेटर सपोर्टमा राखिएको छ ।’ 

लखनउका मुख्य मेडिकल अधिकारी नरेन्द्र अग्रवालले भने, ‘हामीले मामलाबारे जानकारी लिँदै यसको अनुसन्धान थालेका छौं ।’ 

फुरकानको उपचार गरिरहेका डाक्टरले भने, ‘बिरामीको स्थिती गम्भीर छ तर उनी निश्चित रुपमा ब्रेन डेड छैनन् । उनको नाडी, रक्तचाप र दिमागले काम गरिरहेको छ । उनलाई भेन्टिलेर सपोर्टमा राखिएको छ ।’ एजेन्सी 

  

  

  

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *