जंगली च्याउ खाँदा एकै परिवारका पाँच जना अस्पताल भर्ना
मकालु खबर
२०७६ असार २९ गते
असार २८, कैलाली । कैलालीमा जंगली च्याउ खाँदा एकै परिवारका पाँच जना अस्पताल भर्ना गरिएको छ ।
विषालु च्याउ खाएपछी बिरामी परेको एकै परिवारका पाँच सदस्यलाई शुक्रबार राति कैलालीको भजनी अस्पतालमा भर्ना गरिएको हो ।
null
विषालु च्याउ खएर कैलालीको भजनी नगरपालिका ३ का ३६ वर्षीया रतिदेवी चौधरी, ४० वर्षीय राम दुलारी चौधरी, ६७ वर्षीया सीतारानी चौधरी, २२ वर्षीय राजेश चौधरी र २० वर्षीया सुष्मा चौधरी विरामी परेपछि अस्पताल भर्ना गरिएको यस अस्पतालका प्रमुख डाक्टर शिशिर देवकोटाले जानकारी दिएका छन् ।
भर्ना गरिएका विरामीको स्वास्थ्य अवस्था खतरामुक्त भएको डाक्टर देवकोटा बताउँछन् ।
मकालु खबर
२०७६ असार २९ गते
प्रतिक्रिया
सम्बन्धित