वामदेव भन्छन्– संगठन विभाग प्रमुख मै हुँ

 

साउन ५, काठमाडौं । सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का नेता वामदेव गौतमले पार्टीको संगठन विभाग प्रमुखमा आफू रहने दाबी गरेका छन् । 

आइतबारको नेकपा सचिवालय बैठकबाट बाहिरिए लगतै नेता गौतमले यस्तो दाबी गरेका हुन् । 

null

पत्रकारहरुसँग कुराकानी गर्दै उनले भने, ‘बैठकमा अपेक्षित सकारात्मक छलफल भएको छ । केही विभागहरुको टुंगो लाग्न बाँकी छ । मंगलबार लाग्छ । तर संगठन विभाग प्रमुख मै हुँ । यस सम्बन्धमा निर्णय नै भइसकेको भने छैन ।’ 

बैठकले ७७ जिल्ला र जिल्ला कमिटीकै मान्यता पाएको ६ महानगरपालिकाका इन्चार्ज र सहईन्चार्ज टुंगो लगाएको छ । 

टुंगिएका ८३ स्थानमा एमालेको भागमा ४५ र माओवादीको भागमा ३८ इन्चार्ज परेका छन् । इन्चार्ज पूर्व एमालेको भएका जिल्लामा सह इन्चार्ज पूर्व माओवादी र माओवादीका भागमा इन्चार्ज परेको जिल्लामा सह इन्चार्ज पूर्व एमाले रहने गरी इन्चार्ज र सहइन्चार्जको जिम्मेवारी तोकिएको हो । 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *