७.१ म्याग्निच्युडकाे शक्तिशाली भूकम्प गयो

 

असार २१, अमेरिका । अमेरिकाको क्यालिफोर्नियामा दक्षिणी क्षेत्रमा रहेको मरुभूमि क्षेत्र केन्द्रविन्दु बनाएर पुनः शक्तिशाली भूकम्प गएको छ । 

स्थानीय समय अनुसार शुक्रबार बेलुका सात बजेर १३ मिनेट जाँदा (नेपाली समय अनुसार शनिबार बिहान ९ बजेर चार मिनेट जाँदा)  ७.१ म्याग्निच्युडको भूकम्प गएको हो । 

null

भूकम्पको केन्द्रविन्दु लस एन्जलसबाट झण्डै २४० किलोमिटर उत्तर पूर्वमा अवस्थित रिड्गेक्रेस्ट शहर नजिक रहेको अमेरिकी जिओलोजिकल सर्वे (युएसजिएस) ले जनाएको छ । 

अमेरिकामा एक साता अघीमात्र नेपाली समय अनुसार शुक्रबार बिहान सोही क्षेत्रलाई केन्द्रविन्दु बनाएर ६.४ को म्याग्निच्युडको भूकम्प गएको थियो । 

  

  

  

  

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *