विष्णु रिमालकाे ‘छौँडा’ ट्वीटः राजीनामा दिन कार्यकर्ताकाे सुझाव, संसदमा पनि प्रवेश

 

असार २२, काठमाडौं । प्रधानमन्त्रीका मुख्य सल्लाहकार विष्णु रिमालले आज (आइतबार) बिहान गरेको ‘छौँडा’ वाला ट्वीटले संसदमा पनि प्रवेश पाएको छ । 

संसदमा सल्लाहकार रिमाललाई व्यंग्य गर्दै प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सांसद अतहर मुसलमानले हाल विदेशी या स्वदेशीले ‘छौँडा’हरु छोडेको भन्दै छौँडाहरु देशमा चलायमान हुँदा भारत लगायत विभिन्न देशहरुबाट आयात भइरहेका विषादीयुक्त तरकारी र खाद्यान्नहरु बिना जाँच नेपालमा भित्रिरहेको बताए । 

null

तीनै छौँडाहरु अझै सक्रिय हुँदा नेपाली जनताले विषादीयुक्त तरकारी खान बाध्य हुनुपरेको उनको दाबी छ । 

विष्णु रिमालले एकाबिहानै ‘भनिन्छ, छौंडाहरू आफैं चलमलाउँदैनन् । कसैले छोड्छन्, दुः ख दिन्छन् ! यी छौंडाहरू आफैं चलमलाएका हुन् की कसैले छोडेका ?’ भन्ने ट्वीट गरेका थिए । 

भनिन्छ, छौंडाहरूआफैं चलमलाउँदैनन्कसैले छोड्छन्, दु:ख दिन्छन् !यी छौंडाहरू आफैं चलमलाएका हुन् कीकसैले छोडेका? 

उनले ठ्याक्कै कसलाई भन्न खोजेका हुन् भन्ने कुरा ट्वीटमा स्पष्ट छैन । तर उनको अभिव्यक्ति सिधै सरकार विरोधीतिर हो भन्ने ठम्याउन सकिन्छ । 

उनले गरेको ट्वीटले नेकपामै पनि खैलाबैला भएकाे छ । पार्टीकै नेता कार्यकर्ताहरुले उनको ट्वीटको आलोचना गरेका छन् । 

नेकपा कार्यकर्ता घनश्याम गौतमले ‘यति धेरै कुन्ठा बोकेर त्यो गरिमामय पदमा नबसेको भए राम्रो हुन्थ्यो कमरेड’ भन्दै आलोचना गरेका छन् । 

त्यस्तै नुवाकोटकी नेकपा जिल्ला सदस्य उषाकिरण तिम्सिनाले ‘कमरेड तपाईं पार्टीको स्थायी कमिटी सदस्य र प्रधानमन्त्रीको सल्लाहकार दुवै पदबाट राजीनामा दिनोस्। यो चेतनास्तरले दुवै पदलाई न्याय गर्न सक्दैन’, भन्ने सुझाव दिएकी छिन् । 

उनले अघि लेखेकी छिन्, ‘आज निर्दोष , पढ्न , लेख्न नपाएका , निम्न बर्गका महिलाहरु , राधादेबी चौधरी जस्ता केटीहरु बोक्सीमा नाममा कुटपिट मा पर्ने यस्तै चेतना बाट निर्देशित भएर न हो ।’ 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *