विपन्न समुदायका महिलाहरुको सिप कला प्रदर्शनी

 

साउन १३, चितवन । चितवनको रत्ननगरमा विपन्न समुदायका महिलाहरु आफैले तयार गरेका सामाग्रीहरुको प्रर्दशनी गरिएको छ । 

आकृति महिला बचत तथा ऋण सहकारी संस्थाको आयोजनामा सहकारीका सदस्यहरुले हस्त कला र सिपकला मार्फत तयार गरिएको विभिन्न सामाग्रीहरुको सोमवार आयोजित एक कार्यक्रमका बीच प्रर्दशनी गरिएको हो । 

null

 

रत्ननगर नगरपालिका र लुमन्ति आवासको लागि सहयोग समुहको सहयोगमा भएको कार्यक्रममा सहकारीका विभिन्न समुहका १५ वटा स्टलहरुमा विभिन्न सामग्रीहरु प्रदर्शनका लागि राखिएको थियो । घरेलु स्तरमा तयार पारिएका कपडाहरु, खेलौना, कुसन, थैली, क्रिष्टलका गहनाहरु, उनीका कपडाहरु प्रदर्शन गरिएको सहकारीकी अध्यक्ष फुलकुमारी लामाले जानकारी दिईन् । 

विपन्न समुदायका महिलाहरु चुलो र चौकामा मात्र सिमित नरही घरको आर्थिक स्तर उकास्नमा सफल छन् भन्ने उदाहरणका लागि कार्यक्रम राखिएको उनले वताईन् । आर्थिक अवस्थाका कारण पिछडिएर बस्नुपरेका महिलाहरुले आफैले विभिन्न संघसंस्थाहरुको सहयोगमा प्राप्त गरेका तालिमहरुको सहयोगले समुदायमै बसेर गरिरहेका विभिन्न आयआर्जनका कामहरुको प्रस्तुति गरिएको थियो । 

रत्ननगर नगरपालिका वडा नम्बर १२ का अध्यक्ष बिर बहादुर पाख्रीनको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा रत्ननगर नगरपालिकाका कार्यपालिका सदस्य निर्मला खड्का, लुमन्तिका संयोजक शिंह लामा, नेपाल बसोबास बस्ती संरक्षण समाजका अध्यक्ष दिल बहादुर लामा, विपन्न समुदाय ब्यवस्थापन मन्चका अध्यक्ष फुलमान तामाङ्ग र रत्ननगर समृद्धी बाल क्लबका अध्यक्ष गणेश श्रेष्ठ लगायतको उपस्थिती रहेको थियो । 

  

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *