भक्तपुरको राधे राधेमा कामना सेवाकोे ९३ औं शाखा
मकालु खबर
२०७६ असार २८ गते
असार २७, काठमाडाैँ । कामना सेवा विकास बैंक लिमिटेडले भक्तपुर जिल्लाको मध्यपूर ठिमी महानगरपालिका वडा नं. २६ स्थित राधे राधेमा आज आफ्नो ९३ औं शाखा कार्यालय स्थापना गरि कारोबार शुभारम्भ गरेको छ ।
बैंकका अध्यक्ष सुिदप आचार्य, संचालक तथा नायव महाप्रबन्धक हरि प्रसाद लम्सालले संयुक्त रुपमा कारोबार सुभारम्भ गरेका थिए । यस बैंकले व्यवसाय विस्तारको क्रममा नविनतम प्रोडक्टहरु तथा वृहत शाखा सञ्जाल मार्फत आफ्ना ग्राहकहरुलाई उच्च स्तरको बैंकिङ्ग सेवा सुविधाहरु उपलब्ध गराउँदै जाने समेत जानकारी दिइएको छ ।
null
काठमाडौं ३०, ज्ञानेश्वरमा आफ्नै भवनमा केन्द्रीय कार्यालय रहेको बैंकले देशका विभिन्न भागहरुमा यो सँगै ९३ वटा शाखा तथा ४४ वटा ATM मार्फत ग्राहकहरुलाई आफनो सेवाहरु प्रदान गर्दै आएको छ ।
मकालु खबर
२०७६ असार २८ गते
प्रतिक्रिया
सम्बन्धित