पत्रकार सम्मेलनमै पक्राउ परे उद्योग वाणिज्य संघका अध्यक्ष

 

असार १८, धनगढी । बुधबार बिहान प्रहरीले कैलालीको अत्तरिया उद्योग वाणिज्य संघका अध्यक्षलाई पक्राउ गरेको छ । 

अत्तरिया उद्योग वाणिज्य संघको कार्यालयमा पत्रकार सम्मेलन भई रहेको समयमै संघका अध्यक्ष अशोकराज देवकोटालाई प्रहरीले पक्राउ गरेको हो । 

null

गत असार १० गते नगरसभा चलिरहेकाे समयमा उद्योग वाणिज्य संघका अध्यक्ष देवकोटा नेतृत्वको समूहले अवरोध खडा गरेपछी देवकोटासहित यस उद्योग वाणिज्य संघका ८ जना पदाधिकारी विरुद्ध गोदावरी नगरपालिकाले मुद्दा दर्ता गरेकाे थियाे । 

१० गतेको उक्त कार्यक्रममा उपस्थित भएका पार्टीका शीर्ष नेता प्रमुख अतिथि पूर्वमन्त्री लेखराज भट्ट र विशिष्ठ अतिथि प्रदेशका मन्त्री कृष्णराज सुबेदी बोल्ने क्रममा पटक पटक माईकको तारमा अवरोधको खडा गरेपछी संघिय सांसद लेखराज भट्ट निकै आक्रोशित भएका थिए । 

सो कार्यक्रममा उद्योग वाणिज्य संघका अध्यक्ष देवकोटा नेतृत्वको समूहले नगरसभाको उद्घाटन सत्रको कार्यक्रममा आफूहरुले पनि अत्तरियाका व्यबसायीहरुको समस्या राख्न पाउनुपर्ने  भन्दै पटक पटक कार्यक्रममा अवरोधको प्रयास गरेका थिए । 

  

  

  

  

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *