विशाल छेपारोलाई मानिसहरुले गोही ठानेपछी

 

असार २२, मलेशिया ।  मलेशियामा एउटा यस्तो छेपारोको तस्बिर भाइरल भइरहेको छ जुन हेर्दा गोहीजस्तो देखिन्छ । यो छेपारोलाई एक व्यक्तिले देखेपछि फोटो खिचेर सोसल मिडियामा पोष्ट गरे । त्यतिबेलादेखि यो छेपारो सोसल मिडियाका प्रयोगकर्ताबीच कौतुहलको विषय बनेको छ । 

वास्तवमा, मलेशियाको जाहोरमा एक व्यक्तिले ढोकामा चढिरहेको एक विशाल छेपारो देखे । त्यो छेपारो घरभित्र छिर्ने कोसिस गरिरहेको थियो । ती व्यक्तिले तुरुन्त उक्त छेपारोको फोटो खिचेर सोसल मिडियामा पोष्ट गरे जहाँ थुप्रै मानिसले उक्त छेपारोलाई विभिन्न नाम दिइरहेका छन् । 

null

 

यो भिमकाय छेपारोलाई ‘मोनिटर लिजार्ड’ (Monitor Lizard) भनिँदै छ । यस्तै कतिले छेपारोको विशेषता र आकारका कारण ‘गोडजिला’ (Godzilla) पनि भनिरहेका छन् । 

  

जुन व्यक्तिले तस्बिर पोष्ट गरेका छन् उनको नाम लंग चेंर्ग यी हो । उनले सेल्फी पनि पोष्ट गरेका छन् । त्यति ठूलो छेपारोलाई आफ्नो घरको ढोकामा झुण्डिरहेको देखेर उनी चकित भए । उनले छेपारोका विभिन्न तस्बिर पोष्ट गरेका छन् । उनको पोष्टलाई अहिलेसम्म तीन हजार ६ सय बढी सेयर भइसकेका छन् । 

केही बेरपछि त्यहाँ सुरक्षाकर्मी पनि पुगेका छन् । यद्यपि, अहिलेसम्म उक्त छेपारो त्यहाँसम्म कसरी पुग्यो भन्ने केही पत्ता लाग्न सकेको छैन । एजेन्सी 

  

  

  

  

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *