नेकपा प्रवेश गर्दै दीपक मनाङे

 

असार १८, पोखरा । गण्डकी प्रदेशका सांसद राजीव गुरुङ ‘दीपक मनाङे’ सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) प्रवेश गर्ने भएका छन् । 

निर्वाचनमा नेकपाकै समर्थनमा मनाङ ‘ख’ बाट स्वतन्त्र उम्मेदवार मनाङे बिहीबार नेकपा प्रवेश गर्ने उनका स्वकीय सचिव जगदीश नाथ योगीले जानकारी दिए । 

null

मनाङेलाई गण्डकी प्रदेशका मुख्यमन्त्री तथा नेकपाका गण्डकी प्रदेश इन्चार्ज पृथ्वीसुब्बा गुरुङले पार्टी प्रवेश गराउने तयारी रहेको जानकारी दिइएको छ । 

सांसद गुरुङ संसदमा नेकपालाई समर्थन जनाउँदै सत्ता पक्षकै रो मा बस्दै आएका छन्। 

ज्यान मार्ने उद्योगको आरोपमा पक्राउ परी थुनामा रहेका दीपक मनाङ्गे २७ हजार ३७५ रूपैयाँ धरौटीमा थुनामुक्त भएका थिए। 

निर्वाचित भएको झण्डैँ नौ महिनापछि मनाङेलाई गत माघ १४ गते साँझ गण्डकी प्रदेशसभाका सभामुख नेत्रनाथ अधिकारीले शपथ खुवाएका थिए। उनी शपथग्रहण गरी गण्डकी प्रदेशसभा प्रवेश गरेका थिए। 

राजीव गुरुङ १३ सदयस्यीय समिति रहने अर्थ तथा विकास समितिको सदस्यसमेत हुन्। 

निर्वाचनमा मनाङेले ३ सय ९० मतले उनका प्रतिद्वन्द्वी कांग्रेसका कर्म गुरुङलाई पछि पार्दै विजयी भएका थिए। उक्त चुनावमा मनाङेले १ हजार ४ सय १० मत प्राप्त गरेका थिए । 

जित हात पारे पनि उनी सांसद भने बन्न पाएका थिएनन् । चक्रे मिलनसँगको हानाहानका कारण उनको सांसद बन्ने सपना पुरा हुन सकेको थिएन । 

०६१ सालमा गुण्डा नाईके चक्रे मिलन समूहसँग खुकुरी हानाहान हुँदा मनाङे समूहले चक्रे मिलनको हात दुई टुक्रा पारिदिएको घटनामा उनी दोषी ठहर भएका थिए । 

अदालतले पक्राउ पूर्जी जारी भएको तीन महिनापछि वैशाख २४ गते उनी स्वयम्भू तीनधाराबाट पक्राउ परेका थिए । थुनामुक्त भएलगतै उनले सांसदको सपथ लिएका हुन् । 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *