‘हेग लगे विश्वकै हिरो हुन्छु, मेराे लागि गर्वको कुरा हुन्छ’

 

साउन १३, काठमाडौं । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी ९नेकपा० का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले आफूविरुद्ध षणयन्त्र भइरहेको भन्दै हेग पुर्याए झनै हिरो भएर निस्किने तथा आफूलाई विश्वले चिन्ने बताएका छन् । 

बर्हिगमित जनमुक्ति सेनाले तीन महिनाभित्र आफ्नो माग पुरा नभए माओवादीका तत्कालिन नेताहरु प्रचण्ड, डा. बाबुराम भट्टराई लगायत द्वन्द्वसँग जोडिएका नेताहरुलाई अन्तर्राष्ट्रिय फौजदारी अदालत ‘द हेग’ मा पुर्याउने चेतावनी दिइरहँदा अध्यक्ष प्रचण्डले यस्तो बताएका हुन् । 

null

सोमबार आफ्नै निवासमा आयोजित पार्टी प्रवेश कार्यक्रमलाई सम्बोधन गर्दै उनले भने, ‘हामीलाई हेग लैजाने, जेल हाल्ने भनेर हाम्राविरुद्ध षडयन्त्र र प्रचारहरु बढी नै भएका छन् । परिवर्तन नचाहने तत्वहरु त्यसमा लागेका हुन् । मलाई हेग लगेर पनि केही फरक पर्दैन । त्यहाँ लगे भने विश्वकै हिरो भएर निस्किन्छु । संसारभरीका जनताले चिन्नेछन् मलाई । सबैलाई यो शान्ति र न्यायको पक्षमा रहेछ भन्ने ठाउँ हुन्छ । त्यो मेरो लागि गर्वको कुरा हुन्छ ।’ 

नेपालमा आफूले नै परिवर्तन ल्याएको उनको दाबी छ । यस्तै उनले जनताविना क्रान्ति सम्भव नहुने भन्दै विप्लव पनि शान्ति प्रक्रियामा नआए सक्किने स्पष्ट पारे । प्रचण्डले भने, ‘ढिलो छिटो विप्लव पनि नेकपामा आउनुपर्छ । अरु कुनै उपाय नै छैन । कित त सिद्धिनुपर्छ ।’ 

सोमबार विप्लव नेकपाका रमण घिमिरेसहित आवास मन्सुरी, सुरेश कुमार यादव, विनोद केसी, सुवास तिवारी राजकुमार केसी खत्री, सन्दिपकुमार कार्की, नमराज शर्मालगायतलाई पार्टी प्रवेश गराउँदै उनले वर्तमान संघीय लोकतान्त्रिक गणतन्त्र उल्ट्याउनका लागि नेताहरुलाई बदनाम गर्न लागि परिरहेको भन्दै कार्यकर्ताहरुलाई सचेत रहन आग्रह गरे । 

  

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *