उच्च अदालतका तीन न्यायाधीशमाथि छानविन गर्न समिति गठन, तीनको सरुवा

 

साउन १३, काठमाडौं । उच्च अदालतका तीन न्यायाधीश सरुवा भएका छन् । धानन्यायाधीश चोलेन्द्र शमशेर राणाको अध्यक्षतामा बसेको न्याय परिषद्‌को बैठकले तीन न्यायाधीशको सरुवा गर्ने निर्णय गरेको हो । 

जसअनुसार उच्च अदालत तुलसीपुरका मुख्य न्यायाधीश नहकुल सुवेदी पाटन उच्च अदालतमा सरुवा भएका छन् । त्यसैगरी सुवेदीका ठाउँमा सुर्खेतका मुख्य न्यायाधीश रमेश पोखरेल सरुवा भएका छन् भने पोखरेलका ठाउँमा पाटन उच्च अदालतका न्यायाधीश कुमार चुडाल सरुवा भएका छन् । 

null

यस्तै न्याय परिषद्को बैठकले उच्च अदालत पोखराका तीन न्यायाधीशहरुः जीवनहरि अधिकारी, रामचन्द्र यादव र नरबहादुर शाहीमाथि छानविन गर्न सर्वोच्च अदालतका न्यायाधीश सपना मल्ल प्रधानको नेतृत्वमा छानबिन समिति गठन गरेको छ । 

क्षेत्राधिकार नै नभएको एक निजी कम्पनीको अन्तःशुल्क विवादमा छानबिन गर्न सर्वोच्चकी न्यायाधीश सपना प्रधान मल्लको नेतृत्वमा समिति गठन भएको छ। 

गोर्खा ब्रुअरीको अन्तशुल्क निर्धारण सम्बन्धी मुद्दामा आदेश दिएका उनीहरुले प्रदेश ३ अन्तर्गत पर्ने आन्तरिक राजश्व कार्यालय भरतपुर चितवनले गरेको निर्णयलाई प्रादेशीक क्षेत्राधिकार नाघेर गण्डकी प्रदेश अन्तरगतको उच्च अदालत पोखराले सुनुवाइ गरेको भन्दै छानविन गर्न लागिएको हो । 

उनीहरुले क्षेत्राधिकार नै नभएको मुद्दामा सुनुवाई गर्दै पक्षलाई फाइदा हुने गरी आदेश गरेको बताइएको छ ।  

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *