एन आई सी एशिया बैंक र सुजुकी ड्राइभिङ स्कुलबीच सम्झौता
असार २२, काठमाडाैँ । एन आई सी एशिया बैंक लिमिटेड र सुजुकी ड्राइभिङ स्कुल प्रा.लि बीच छुट प्रदान गर्ने सम्बन्धमा सम्झौता भएको छ ।
एन आई सी एशिया बैंक लिमिटेड र सुजुकी ड्राइभिङ स्कुल प्रा.लि. ललितपुरका बीच बैंकका कर्मचारी तथा सम्पूर्ण ग्राहकवर्गहरुलाई ड्राइभिङ स्कुलले प्रदान गर्ने सम्पूर्ण सेवामा QR पेमेन्ट तथा डेबिट एवं क्रेडिट कार्डबाट रकम भुक्तानी गर्दा १०% सम्म छुट प्रदान गर्ने सम्बन्धी सम्झौता भएको हाे ।
null
QR पेमेन्टका लागि सर्वसाधारणले एन आई सी एशियाको मोबाइल एपमार्फत् QR कोड स्क्यान गरी रकम भुक्तानी गर्न सकिनेछ र उक्त भुक्तानीबारे एसएमएसबाट जानकारी प्राप्त गर्न सकिनेछ ।
उक्त सम्झौतापत्रमा बैंकको तर्फबाट डिजिटल बिजनेस शाखाका इन्चार्ज रौनक करवाले हस्ताक्षर गरे भने सुजुकी ड्राइभिङ स्कुलको तर्फबाट स्कुलका अध्यक्ष राजन क्षेत्री र प्रमुख कार्यकारी अधिकृत विवेक जंग थापाले हस्ताक्षर गरे ।