माल्टा लैजाने भन्दै नेपालीसँग लाखाैँ ठगी गर्ने एक भारतीय पक्राउ

 

साउन ६, काठमाडौं । वैदेशिक रोजगारीका लागि युरोपेली मुलुक माल्टा लैजाने भन्दै ६५ लाख बढी ठगी गर्ने एक भारतीय काठमाडौंको टेकुबाट पक्राउ परेका छन् । 

आकर्षक तलबमा रोजगारी पाइने भन्दै प्रलोभन देखाएर नेपाली युवाहरुसँग ६५ लाख बढी ठगी गर्ने राहुल पाण्डे पक्राउ परेका हुन् । भारतको गौतम बुद्धनगर उत्तर प्रदेश दिल्ली घर भएका पाण्डे हाल काठमाडौंको सिनामंगल बस्ने गरेको प्रहरीले जनाएको छ । 

null

राहुलले भिभी इन्टरनेसनल प्रालिको नाम लिएर नेपाली युवाहरुलाई माल्टा पठाउने बताउने गरेको प्रहरी अनुसन्धानमा खुलेको छ । 

युवाहरुबाट लाखौं रकम असुल्दै रोजगारीमा नपठाएपछि पीडित युवाहरु भिभी इन्टरनेसनल पुगेको र त्यहाँ पुगेपछि राहुलले दिलाएको भिसा नक्कली रहेको खुलेको हो । 

राहुलले विभिन्न चरणमा गरी कामदारहरुको भिषा प्रकृयालगायत कामका लागि भन्दै ६५ लाख ७० हजार ६ सय रूपैयाँ ठगी गरेको पीडितहरुको दाबी छ । 

आफ्नो म्यानपावरको नाम लिई भारतीय नागरिक राहुलले ठगी गरेको थाहा पाएर कानुनी कारबाही गरी पाऊँ भन्दै भिभी इन्टरनेसनलका सञ्चालक दावा शेर्पाले अपराध अनुसन्धान महाशाखामा उजुरी दिएपछि घटनाको रहस्य बाहिर आएको हो । 

थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *