प्रहरीले बल प्रयोग गरेर ८ घण्टापछि खुलायो कोशी राजमार्ग

 

साउन ६, काठमाडौं । घुँडाको अप्रेसन गर्दा विराटनरस्थित नोबेल अस्पतालका डाक्टरको लापरवाहीले बिरामीको ज्यान गएको भन्दै प्रदर्शन भएको छ । 

आफन्त, स्थानीयवासी तथा एसियन थाइफुड रमपम उद्योगका मजदुरहरुले दुहबी–इटहरी सडक खण्डमा सोमबार धर्ना बसी प्रदर्शन गरेका हुन् । 

null

रमपम उद्योगका प्रोडक्सन इञ्चार्ज दुहबी ६ निबासी अनिल कुमार साहलाई नोबेल अस्पतालका डाक्टरले लापरबाही ढंगबाट घुडाको अप्रेसन गर्दा ज्यान मारेको भन्दै उद्योगका मजदुरहरुले सडक धर्ना प्रदर्शन जारी राखेका हुन् । 

 

उपचारमा लापारबाही गर्ने चिकित्सकलाई कडा कारवाही हुनुपर्ने, मृतकका परिवारलाई क्षतिपूर्ति दिनुपर्ने उनीहरुको माग छ । 

प्रदर्शनकारीहरुले सोमबार बिहान ८ बजेदेखि कोशी राजमार्गको दुहबी खण्ड अवरुद्ध पारेका थिए । सडक अवरुद्ध पारेपछि डिएसपि समीर चन्द्र खरेलको कमान्डमा प्रहरीले बल प्रयोग गरेर सडक खुलाएको छ । 

 

अहिले नोबेल अस्पतालमा पिडित पक्ष र अस्पताल प्रशासनबीच वार्ता जारी रहेको प्रहरीले जनाएको छ । एशियन थाइ फुड्समा कार्यरत साह मोटरसाइकलको स्ट्याण्ड लगाउने क्रममा लडेर घाइते भएका थिए । 

उपचारका लागि नोबेल मेडिकल कलेजमा शुक्रबार भर्ना भएका उनको सोही दिन हाडजोर्नी तथा नशारोग विशेषयज्ञ डा. सन्दीप अधिकारीसहितको टोलीले घुँडाको शल्यक्रिया गरेको थियो । उपचारका क्रममा उनको मृत्यु भएको थियो । 

अस्पताल प्रशासनले भने उपचारका क्रममा कुनै लापरवाही नभएको दाबी गर्दै आएको छ । 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *