छवि ओझाविरुद्ध शिल्पाले दिइन् प्रहरीमा उजुरी

 

असार २५, काठमाडौं । अभिनेत्री शिल्पा पोखरेलले आफूमाथि घरेलु हिंसा भएको भन्दै श्रीमान् छवि ओझाविरुद्ध प्रहरीमा उजुरी दिएकी छिन् । 

२ वर्षअघि मात्रै छविसँग लगनगाँठाे कसेकी अभिनेत्री शिल्पाले श्रीमानबाट असुरक्षित भएको भन्दै सुरक्षा पाऊँ भनि उजुरी दिएको प्रहरीले जनाएको छ । 

null

उनीहरुले विवाह भएको सार्वजनिक गरेका थिएनन् । तर केही वर्ष यतादेखि सँगै बसेका थिए । शिल्पा छविकी चौँथो श्रीमती हुन् । अभिनेत्री तथा छविकी तेस्रो श्रीमती रेखा थापासँग डिभोर्सपछि शिल्पा छविको घरमा भित्रिएकी थिइन् । 

म्युजिक भिडियोमा आफुलाई अब्बल मोडलको रुपमा स्थापित गरिसकेकी शिल्पाले छवि ओझाको चलचित्र ‘लज्जा’ मार्फत् डेब्यु गरेकी थिइन् । सोही समयमा उनीहरुबीच प्रेम भएको चर्चा चलेको थियो । शिल्पाले छविको ‘हवलदार सुन्तली’, ‘मंगलम’ जस्ता चलचित्रमा काम गरिसकेकी छिन् । 

उजुरी परेपछि छलफलका लागि उनीहरू दुवैलाई आज बुधबार दिउँसो छलफलका लागि प्रहरी परिसर बोलाइएको प्रहरीले जनाएको छ । 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *