जंगली हात्तीको आक्रमणमा परि एकको मृत्यु

 

असार ३१, चितवन । चितवनको रत्ननगरमा जंगली हात्तिको आक्रमणमा परि एक जनाको मृत्यु भएको छ । 

मृत्यु हुनेमा रत्ननगर ७ बद्रेनिका कान्छा दराइ रहेको ईलाका प्रहरी कार्यालय टाडिका डिएसपी सन्तोष आर्चायले जानकारी दिए । बिहान ६ बजेतिर घटना भएकाे हाे ।  

null

मजदुरीका लागि रत्ननगर आउने क्रममा बद्रेनी जंगलमा हात्तिले आक्रमण गरेको थियो । उनको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ । 

जंगली जनावरको आक्रमणबाट जंगली क्षेत्रमा स्थानीयले ज्यान गुमाउँदै आएका छन् । उनको मृत्युसँगै चालू आर्थिक बर्षमा जंगली जनावरको आक्रमणबाट मृत्यु हुनेको संख्या १२ पुगेको छ । 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *