परिवारले श्रीमतीलाई तनाव दिएपछी श्रीमानद्वारा आत्महत्या

 

साउन १३, काठमाडौँ । भारतमा ३ वर्ष अघी विवाह गरेको श्रीमतीलाई दाइजोको लागि आफ्नो परिवारले तनाव दिएपछी एक श्रीमान्ले सुसाइड नोट लेखेर आत्माहत्या गरेका छन् । 

शिक्षक पेशामा आबद्ध रहेका श्रीमान् फूलकुमार प्रजापतिले २०१६ मा विवाह गरेका थिए । विवाह गरे लगतै उनका परिवारका बुवा भाइ, बहिनी, ले श्रीमतीलाई दाईजोको दबाव दिदैं बिभिन्न शारिरीक तथा मानसिक यातना दिदै आईरहेका थिए । 

null

दुई वर्षको छोरी समेत रहेकाे फूलकुमारले आफुले आत्माहत्या गर्नुको मुख्य जिम्मेवारी बुवा भाइ, बहिनीलाई लगाएको उक्त सोसाइड नोटमा उल्लेख गरिएको भारतीय प्रहरीले जनाएकाे छ  । 

पछिल्लो तीनवर्षदेखि यो सब देख्दै आएका फूलकुमारको आइतबार भने धैर्यताको बाँध टुट्यो र उनले आत्महत्या गरे । प्रहरीले घटनाको अनुसन्धान गरिरहेको आजतकले लेखेको छ । 

  

  

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *