मन्त्री पण्डितको सहयोगमा राहत वितरण
असार २९, विराटनगर । अविरल वर्षाका कारण आएको बाढीबाट विस्थापित परिवारलाई संघिय मामिला तथा सामान्य प्रशासन मन्त्री लालबाबु पण्डितले राहत उपलब्ध गराएका छन् ।
आफ्नो निर्वाचन क्षेत्र समेत रहेको बुढीगंगा गाउँपालिकाका बाढी पिडित परिवारलाई मन्त्री पण्डितको सहयोग तथा समन्वयमा राहत वितरण गरिएको हो ।
null
खादमखोलाको बाढीबाट विस्थापित भएर बुढीगंगा गाउँपालिका–७ प्रगतिशील आधारभुत विद्यालयमा आश्रय लिइ बसेका बाढी पीडित परिवारलाई नेपाल कम्यूनिष्ट पार्टी (नेकपा) का प्रदेश कमिटी सदस्य सत्यनारायण चौधरी, स्थानीय नेकपा नेताहरु बलभद्र सरदार, बैजु बिस्वास, मकर बुढाथोकी, हजबुल अलि, आशाराम चौधरी , खेम खतिवडा लगायतले राहत वितरण गरेका थिए ।
त्यस्तै मन्त्री पण्डितकै निर्वाचन क्षेत्र अन्तर्गत सुन्दर हरैँचा–५ स्थितको खोस्सी टोलमो बुढी खोलाका पानिले कटान गरिरहेको ठाउमा तारजाली सहित तटबन्ध निर्माण गरिएको छ ।
बाढी प्रभावित सुन्दर हरैचाकै शेषनारायण धाम टोलमा नाला खनी वस्तिमा जमेको पानि निकास गरिएको नेपाल कम्यूनिष्ट पार्टी (नेकपा) का प्रदेश कमिटी सदस्य सत्यनारायण चौधरीले जानकारी दिए ।