प्रधानमन्त्रीको कार्यशैलीमा परिवर्तन आउँदैछः घनश्याम भुसाल

 

साउन १२, वीरगञ्ज । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का नेता घनश्याम भुसालले दुवै अध्यक्ष (प्रधानमन्त्री केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’) को कमजोरीका कारण स्कुल विभागको नेतृत्व विवाद टुंगोमा पुग्न नसकेको बताएका छन् । 

आइतबार वीरगञ्जमा सञ्चारकर्मीहरुसँग कुरा गर्दै नेता भुसालले यस्तो बताएका हुन् । पार्टी एकताको भावनालाई ख्याल राखेर कुन विभाग कता पर्छ टुंग्याएको भए यस्तो अवस्था नआउने उनको भनाइ छ । 

null

नेता भुसालले प्रधानमन्त्री ओलीले आफ्नै हिसाबले पार्टी र सरकार चलाउन खोज्दा कमिकमजोरी देखा परेको स्पष्ट पार्दै अहिले भने सामूहिकतामा चल्नुपर्छ भन्ने सोचको विकास भएको बताए । प्रधानमन्त्रीकै कारण पार्टी एकतामा ढिलासुस्ती भएको उनको दाबी छ । 

‘ओलीले आफ्नै हिसाबले पार्टी र सरकार चलाउन खोज्दा समस्या आएको थियो । तर पछिल्ला घटनाक्रमले प्रधानमन्त्रीमा सामुहिकतामा चल्नुपर्छ भन्ने मानसिकताको विकास भएको हामीले महशुस गरेका छौँ’, उनले भने ।  

नेकपाभित्र स्कुल विभागको प्रमुख को हुने, को राख्ने भन्ने विषयमा विवाद कायमै छ । पूर्व एमालेका तर्फबाट ईश्वर पोखरेल र पूर्व माओवादीका तर्फबाट नारायणकाजी श्रेष्ठले दाबेदारी गरिरहेका छन् । नेता घनश्याम ढकालले आफ्नो दाबी प्रस्तुत गरिरहेका छन्। 

स्कुल विभागमा सचिवालय सदस्यका दुवै नेताले आफ्नो अडान नछोड्दा एकता प्रक्रियाले नै पूर्णता पाउन सकेको छैन । स्कुल विभागको जिम्मा कसलाई दिने भन्ने टुंगो लाग्न नसक्दा आज बस्ने भनिएको बैठक पनि भोलि सोमबारसम्मका लागि स्थगित गरिएको छ । साउन ९ गतेको बैठक पनि बस्दै नबसी स्थगित भएको थियो । 

अब अर्को बैठक भोलि (सोमबार) दिउँसो ३ बजे बस्नेछ । उक्त बैठकले स्कुल विभाग प्रमुख टुंगोमा पुर्याउने बताइएको छ ।  

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *