गोली प्रहार गरी दुई दाजुभाईको घर लुट्ने पक्राउ

 

असार ३१, धनुषा । धनुषामा गोली प्रहार गरी लुटपाट गर्ने समूहको थप एक जना पक्राउ परेका छन् । 

प्रहरीले गत साउन २५ गते रातको २ बजे धनुषाको मिथिला नगरपालिका–८, जमुनीबासस्थित पुष्पलाल श्रेष्ठका ४ दाजुभाइहरुको घरमा लुटपाट गर्ने थप एक जना पक्राउ परेका हुन् । 

null

पक्राउ पर्नेमा सर्लाहीको साविकको नोकैलबा गाविस–६ का ४९ वर्षीय गनेरु माझी रहेका छन् । धनुषा प्रहरीले उनलाई ढल्केबरबाट नियन्त्रणमा लिएको हो । उनको समूहका २ जना देवलाल कापड र मनोज कुमार कुशवाहा यसअघि नै पक्राउ परिसकेका छन् । 

कापड डाँका तथा हातहतियार खरखजना मुद्दामा इलाका प्रहरी कार्यालय बर्दिवास, महोत्तरीको हिरासतमा छन् भने कुशवाहालाई हातहतियार तथा खरखजाना मुद्दामा पुर्पक्षका लागि उनी धनुषा कारागारमा छन्। 

उनीहरुले पुष्पलालको कोठाबाट नगद ५६ हजार, ३ तोला सुन, १५ तोला चाँदी, ओपो कम्पनीको ४० हजार पर्ने मोबाइल १ थान लुटेका थिए । 

त्यस्तै कृष्णको घरबाट नगद ३४ हजार, डेढ तोला सुन, १८ तोला चाँदी र २ थान मोबाइल, नवराजको घरबाट नगद १ लाख ३० हजार, २ तोला सुन, १६ तोला चाँदी, मोबाइल २ थान र चन्द्रको घरबाट नगद ३० हजार ७ तोला चाँदी मोबाइल सेट थान–१ र जग्गा जमिनको लालपुर्जा, नागरिकता, सवारी दर्ता किताब समेतका महत्वपूर्ण कागजातहरु समेत लुटेका थिए । 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *