१० लाख नगदसहित गोदावरीबाट ८ जुवाडे पक्राउ

 

असार २४, ललितपुर । ललितपुरको गोदावरीस्थित एक रिसोर्टबाट १० लाख नगदसहित ८ जुवाडे पक्राउ परेका छन् । 

गोदावरी नगरपालिका–३ बाडेगाउँस्थित मनोज नेपालीको विन्द्रावन रिसोर्टमा जुवा खेलिरहेको अवस्थामा प्रहरीले १० लाख ८४ हजार नौ सय ८७ रुपैयाँ नगदसहित ८ जुवाडेलाई पक्राउ गरेको हो । 

null

रिसोर्ट सञ्चालक नेपाली सोही नगरपालिका ३ मानेडाँडामा बस्छन् । त्यहाँबाट १६ थान तास पनि बरामद भएको प्रहरीले जनाएको छ । उनीहरु सोमबार साँझ पक्राउ परेका हुन् । 

थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *