केन्द्रिय कार्य समिति बैठकमा हिन्दूराष्ट्रको विषयमा छलफल हुन्छः शंकर भण्डारी

 

असार २१, काठमाडौं । नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा पूर्व मन्त्री शंकर भण्डारीले भोलिबाट सुरु हुने बैठकमा धेरै विषयमा गहन छलफल हुने र त्यसमा पनि हिन्दूराष्ट्रको विषय उठ्ने स्पष्ट पारे । 

शनिबार (आज) रिपोर्टर्स क्लब नेपालमा आयोजित साक्षात्कारमा उनले भने, ‘भोलिको बैठकमा समग्र मुलुकको परिस्थितिबारे छलफल हुन्छ । नेकपाको गतिविधि र सरकारको कामबारे पनि विश्लेषण हुन्छ ।’ 

null

पछिल्लो समय हिन्दूराष्ट्रको विषय जोडतोडले उठेको सुनाउँदै भोलिको बैठकमा यो विषयपनि स्वभाविक रुपमा उठ्ने भण्डारीले जनाए । महासमितिको बैठकमा ७०९ सदस्यको हस्ताक्षरसहित हिन्दूराष्ट्रको एजेण्डा उठाएको उनले सुनाए । 

उनले भने, ‘भोलिको बैठकमा मैँले यो विषय प्रवेश गराउँछु । यो नेपाली कांग्रेसको भविष्यसँग मात्रै नभएर सिँगो मुलुकको भविष्यसँग जोडिएको छ । अब विलम्ब नगरी पार्टीले हिन्दूराष्ट्रको बारेमा आफ्नो दृष्टिकोण बनाउनुपर्छ ।’ भण्डारीले पार्टी विधि र विधानअनुसार चल्नुपर्नेमा जोड उनले अब व्यक्तिवादी चरित्रले काम नगर्ने स्पष्ट पारे । 

वर्तमान सरकार शान्ति, सुरक्षा कायम गर्न चुकेको र इतिहासमै यो मामिलामा कमजोर बनेको उनको आरोप छ । भ्रष्टाचार, महँगीलगायतका विषयमा पनि सरकार चुकेको उनको दाबी छ । 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *