नेपालीहरु इमान्दार छन्, त्यसैले विदेशीले पनि बोलाउँछन्ः प्रधानमन्त्री

 

असार १५, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले आफूले गरेको राम्रो कामको चर्चा नपाएपनि काम गर्न नछोड्ने बताएका छन् । 

आइतबार काठमाडौंमा आयोजित श्रम तथा रोजगार सम्मेलनको उद्घाटन समारोहलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले सो धारणा राखेका हुन् । 

null

कार्यक्रममा उनले भने, ‘मैँले गरेको राम्रो कामको चर्चा नगरे पनि हुन्छ । च्यातेर डस्टबिनमा फालिदिए पनि हुन्छ, तर काम चाहिँ गर्नुपर्छ । हामी काम गर्न छोड्दैनौँ । सुन्दर, सुरक्षित, समृद्ध नेपाल बनाउन सबै लाग्नुपर्छ । सत्ता पक्ष र प्रतिपक्ष दुवैले विकासमा जोड दिनुपर्छ ।’ 

आफ्नो कार्यकालमा गरिबी र बेरोजगारी अन्त्य हुने प्रधानमन्त्रीको दाबी थियो । कृषि आधुनिकीकरण, व्यवसायीकरण र औद्योगिकीकरणमा उनले जोड दिए । 

शिक्षा प्रणालीलाई जीवनपयोगी बनाउनु पर्नेमा जोड दिँदै उनले भने, स्वदेशमै काम गर्ने अवसर छ । तर काम गर्ने इमान्दार नेपाली जनशक्ति विदेश जाने गरेका छन् । नेपालीहरु काम गर्न रुचि राख्छन्, इमान्दार छन्, त्यही भएर विदेशी रोजगारदाताले पनि बोलाउँछन् ।’ 

प्रधानमन्त्री ओलीले अहिले चर्चा भएजस्तो बेरोजगारीको अवस्था नरहेको उनले दाबी गरे । 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *