रत्ननगर नगरपालिकाले गर्यो भानु जयन्तीमा कविलाई सम्मान

 

असार २८, चितवन । भानु जयन्तीको अबसरमा रत्नननगरका पाँच जना कवि तथा लेखकहरुलाई शनिवार सम्मान तथा पुरस्कृत गरिएको छ । 

रत्ननगर नगरपालिकाले नगर भित्रका कवि तथा लेखकहरुको सम्मानका लागि नगद सहित पुरस्कृत गरेको हो । नगरपालिकाले संस्थागत रुपमा बाल्मिकी साहित्य सदन चितवनलाई समेत पुरस्कृत गरेको छ । 

null

लामो समय देखि कला तथा साहित्य क्षेत्रमा क्रियाहिल भएर कृति प्रकासन गरेका पाँच जनालाई सम्मान गरिएको पुरस्कार छनौट समितिका सदस्य तिलकराज शर्माले जानकारी दिए । सम्मानित तथा पुरस्कृत हुनेहरुमा इश्वरी ओझा, सुर्य शर्मा, डा.कृष्णप्रसाद पौडेल, लक्ष्मण अर्याल र कलम अर्याल रहेको नगर प्रबक्ता राजेन्द्र हमालले जानकारी दिए । 

कार्यक्रमका प्रमुख अतिथि बरिष्ट साहित्यकार प्रा.डा निर्मोही ब्यास, मेयर नारायण वन र उपमेयर विमला दुवाडीले उनीहरुलाई दोसल्ला सम्मानपत्र र जनही नगर १० हजार सहित सम्मान गरेका थिए । बाल्मिकी साहित्य सदनलाई नगद २५ हजार सहित पुरस्कृत गरिएको उनले जानकारी दिए । सो अबसरमा मेयर नारायण वनले कला र साहित्यको माध्यमबाट रत्ननगरलाई राष्ट्रिय तथा अन्तराष्ट्रिय स्तरका चिनाउने बताए । 

चितवनको पर्यटकीय नगरी सौराहा रत्ननगरमा रहेको भन्दै उनले पर्यटन क्षेत्रको विकासको लागि कला र साहित्य क्षेत्रको भूमिका महत्वपूर्ण हुने बताए । कार्यक्रममा उपमेयर विमला दुवाडीले कला, साहित्य, संस्कृति र भाषा संरक्षणमा नगरपालिका गम्भिर रहेको भन्दै त्यसैको शिलशिला बमोजिम कवि तथा लेखकहरुलाई सम्मान गरिएको बताइन । 

यसैबीच भानु जयन्तीको अबसरमा बाल्मिकी साहित्य सदनले चितवनका पाँज जना कवि तथा साहित्यकारलाई सम्मान गरेको छ । सदनका अध्यक्ष रामबाबु घिमिरेको अध्यक्षतामा भएको कार्यक्रममा कवि तथा साहित्यकार रामहरि अर्याल, डा.धनेश्वर भट्टराई, मोदनाथ मरहठ्ठा, लक्ष्मण अर्याल, कमल अर्याललाई सम्मान गरिएको हो । 

कार्यक्रममा वडा नं २ का वडाध्यक्ष तथा साहित्यकार तिलकराज शर्माले कार्यक्रमको उद्देश्यको बारेमा प्रकास पारेका थिए । कार्यक्रममा सदनले प्रकासन गरेको सम्प्रेषण नामक साहित्य पत्रिकाको २३ औं अंक विमोचन गरिएको थियो । कार्यक्रममा लीला दाहाल अधिकारी, सन्ध्या सापकोटा, अम्विका कार्की, रिवाज अर्याल, राजिव पाठक लगायतले रचना बाचन गरेका थिए । 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *